दक्षिण कोरियामा बाढीको वित्तण्डा: ३० को मृ’त्यु, ६ हजार बढी विस्थापित

कोरिया आज

सोल

पछिल्ला दिनहरुमा दक्षिण कोरियामा भारी बर्षा पश्चात आएको बाढीका कारण ब्यापक जनधनको क्षति भएको छ ।

बाढीमा परि हाल सम्म ३० जनाले ज्यान गुमाइसकेका छन् भने १२ जना बेपत्ता रहेका छन् । ८ जना बाढीकै कारण घाइते भएका छन् ।

समाचार संस्था द कोरिया टाइम्सका अनुसार हाल सम्म ६००० बढी मानिस बाढीका कारण विस्थापित भइसकेका छन् । बाढीका कारण दक्षिण कोरियाका ११ प्रान्त प्रभावित रहेका छन् । ५ ९ ०० बढीले घर छोडेका छन् भने ४६०० बढी सरकारि सुचना अनुरुप अस्थायी घरहरुमा बसाई सरेका छन् ।

बाढीका कारण ९ ३०० हेक्टर उब्जाउ युक्त जमिन बगेको तथा ९ ५०० बढी संरचनाहरुमा क्षति पुगेको समाचारमा जनाइएको छ । सबै भन्दा प्रभावित ग्वाङ्जु क्षेत्रमा विगत ३ दिनमा ५३३.७ मिमिबर्षा रेकर्ड गरिएको थियो भने अर्को प्रभावित क्षेत्र हासुनमा ५१७.५ मिमि बर्षा रेकर्ड गरिएको थियो ।

सरकारले अझै केही दिन बर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन तथा सजग रहन अपिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *