सोल
दक्षिण कोरियामा जापानी ब्राण्डको चामलको उल्लेख्य उपस्थिति छ । कोरियाको चामल बजारमा जापानी उत्पादनकै बर्चस्व रहेको छ ।
‘ कोशीखियारी ‘ ब्राण्डको जापानी चामल दक्षिण कोरियामा निकै प्रसिद्ध छ दक्षिण कोरिया सरकार भने उक्त ब्राण्डलाई विस्थापित गराउने तयारिमा रहेको छ ।
त्यहि तयारि स्वरुप दक्षिण कोरियाले दुइवटा नयाँ धानका प्रजातिबाट उत्पादित चामल बजमा ल्याएको छ । ‘ हेइदेउल ‘ तथा ‘ अल्वान्मी ‘ ब्राण्डका चामलले जापानी व्राण्डका चामललाई विस्थापन गर्ने सरकारको लक्ष रहेको छ ।
जापानी चामल महङ्गो तथा ओभररेटेड भएको बताउदै सरकारी अधिकारीहरुले अब उक्त चामललाई विस्थापन गरिने बताएका छन् । मानिसहरुमा जापानी चामल बढी स्वादिलो भन्ने धारणा रहेको र हाल सरकारले प्रचार गरिरहेका ब्राण्डहरुले जनताको उक्त धारणा परिवर्तन गर्ने सरकारी अधिकारीले बताएका छन् ।
जापोनिका ब्राण्डका चामलको लोकप्रियता बढ्दै गएता पनि कोरियाली चामलको प्रयोग पश्चात मानिसहरुको आकर्षण कोरियाली चामलमा नै बढेका कारण अब बिस्तारै सरकारले जापानी चामल विस्थापित गरिदै जाने बताएको हो ।
सरकारले सन् २०२२ सम्ममा ७५०० हेक्टर क्षेत्रफलमा उक्त कोरियालि ब्राण्डको धान खेति गरिने सरकारले बताएको छ । हाल मागको २५ % मात्र स्थानिय चामल खपत भइरहेको बताउदै चाँडै नै उक्त संख्यामा बढोत्तरी गरिने सरकारी भनाई छ ।हटपाटीबाट