जापानमा के काम गर्न कुन भिषा चाहिन्छ ?

जापान समाचार

टोकियो

आजको यस लेखमा भने हामीहरु जापानमा काम गर्नका लागि कुन आवासीय हैसियत अर्थात् भिषा चाहिन्छ भन्ने बारे कुरा गर्नेछौं ।

हरेक वर्गिकरणअनुसार पेशाको उदाहरण

कूटनीतिज्ञ (Diplomat)

राजदूत, मन्त्री, वा महावाणिज्य दूत, विदेशी सरकारको प्रतिनिधि सदस्य र तीनका परिवारका सदस्य

अधिकारी (Official)

दूतावासको कर्मचारी वा विदेशी सरकारको वाणिज्य दूतावास, अन्तरराष्ट्रिय संघ संस्थाले आधिकारिक कार्यभार खटाएर पठाएको व्यक्ति र तिनका परिवारका सदस्य

प्राध्यापक (Professor)

कलेज तथा युनिभर्सिटीका प्रध्यापक आदि

कलाकार (Artist)

संगीतकार, कलाकार वा लेखक आदि

धार्मिक गतिविधि (Religious Activities)

विदेशी धार्मिक संगठनले खटाएर पठाएको धर्म प्रचारक आदि

पत्रकार (Journalist)

विदेशी सञ्चार माध्यमका संवाददाता वा फोटोग्राफर

उच्च शिप भएका पेशाकर्मी (Highly Skilled Professional)

७० अंक वा सो भन्दा धेरै हासिल गरेका उच्च शिप भएका पेशाकर्मी (वर्ग १ र २)

व्यवसाय व्यवस्थापक (Business Manager)

कम्पनीको व्यवस्थापक वा प्रशासक आदि

कानून/लेखा सेवा (Legal/Accounting Services)

लेखापरीक्षक वा प्रमाणपत्र प्राप्त सार्वजनिक लेखापाल आदि

मेडिकल सेवा (Medical Services)

चिकित्सक, दन्त चिकित्सक वा दर्ता रजिष्टर्ड नर्स आदि

अनुसन्धाता (Researcher)

सरकारसँग सम्बन्धित संस्था वा कम्पनीमा अनुसन्धानकर्ता

प्रशिक्षक (Instructor)

सिनियर हाइ स्कुल वा जुनियर हाइ स्कुलमा भाषा प्रशिक्षक

इञ्जिनियर/मानविकीमा विज्ञ/ अन्तरराष्ट्रिय सेवा (Engineer/Specialist in Humanities/International Services)

मेकानिकल इञ्जिनियरिङ, द्वभाषे, डिजाइनर, निजी कम्पनीमा भाषा प्रशिक्षक वा मार्केटिङ विज्ञ

अन्तर–कम्पनी सरुवा (Intra-company Transferee)

विदेशमा रहेका व्यवसायबाट सरेर जापानी व्यवसायमा आएका कर्मचारी

नर्सिङ सेवा (Nursing care)

बिरामीको हेरचाह गर्ने कामदार

मनोरञ्जन प्रदायक (Entertainer)

अभिनेता, गायक, नृत्यकार वा पेशागत खेलाडी आदि

दक्ष कामदार (Skilled Labor)

विदेशी परिकारका सेफ, खेल प्रशिक्षक, विमानका पाइलट, बहुमूल्य धातुका कालिगढ आदि

प्राविधिक प्रशिक्षार्थी प्रशिक्षक (Technical Intern Training)

प्राविधिक प्रशिक्षार्थी (१,२ र ३ वर्ग)

सांस्कृतिक गतिविधि (Cultural Activities)

जापानी संस्कृतिका अनुसन्धाता आदि

प्रशिक्षार्थी (Trainee)

प्रशिक्षार्थी

निर्धारित गतिविधि (Designated Activities)

कूटनीतिज्ञको घरमा काम गर्ने घरेलु कामदार, विदेशी नर्स वा आर्थिक साझेदारी सम्झौता अन्तर्गत हेरचाह गर्ने व्यक्ति, कुनै कानूनी प्रकृया पूरा नहुन्जेल जापान बस्नका लागि अनुमति पाएको व्यक्ति

निदिष्ट शीप भएका कामदार (Specified Skilled Worker)

हालसालै सुरु भएको भिसा स्टाटस् हो । हाल तोकिएको १४ मध्ये कुनैपनि एक क्षेत्रको काममा शीप भएका व्यक्ति (प्रकार १ र २)

बुझ्नुपर्ने केही कुरा

– विद्यार्थी भिषामा पढिरहेका विदेशी विद्यार्थी र आश्रीत भिषा (वर्किङ भिषा पाएका विदेशीहरुमाथि आश्रित भएर आउने श्रीमान÷श्रीमति वा बालबालिकाहरु) भएकाहरुलाई काम गर्नबाट सामान्यतः प्रतिबन्ध छ । तर ‘यस अघि आवासीय हैसियतमा अनुमति दिइएको भन्दा अन्य गतिविधिमा आवद्ध हुने अनुमति’ भनिने विेशष अनुमति पाएपछि भने उनीहरुले पनि हप्तामा २८ घन्टा काम गर्न पाउँछन् । यो अनुमति पाउने व्यक्तिले पार्ट–टाइम कामदारका रुपमा काम गर्न सक्छन् । विद्यार्थी भिषा भएकाहरुले चाँहि गर्मीयामको बिदा, वर्षको अन्त्यमा हुने बिदा लगायत विद्यालयमा लामो छुट्टी भएको बेलामा प्रतिदिन ८ घन्टा सम्म काम गर्न पाउँछन् ।

– ‘पीआर, जापानी नागरिकका श्रीमान÷श्रीमति वा छोराछोरी’, ‘पीआरका श्रीमान/श्रीमति वा छोराछोरी’ र ‘दिर्घकालीन आवासी’ जस्तासामाजिक हैसियतमा भिषा पाउनेमाथि यो पेशामा आबद्ध हुन पाइदैंन वा यति घन्टा मात्रै काम गर्न पाउने भनेर प्रतिबन्ध लगाइएको हुँदैन ।

– ‘अस्थायी आगन्तुक भिषा’ छ भने चाँहि सो भिषा बाहकलाई काम गर्ने, आय वा तलब प्राप्त गर्ने अनुमति हुँदैंन ।

आवेदन दिनु भन्दा अगाडि नै केमा आवेदन दिने भनेर निक्र्यौल गर्नु पर्दछ ।

आवासीय हैसियत प्राप्त गर्न पहिला सर्वप्रथम आफ्नो क्षेत्रमा रहेको क्षेत्रीय इमिग्रेशन ब्यूरोमा आवेदन पेश गर्ने वा सोको तयारी गर्नु भन्दा अघि हरेक भिषाको लागि आवश्यक शर्त पूरा भएको छ कि छैन भनेर छानबिन गर्नु पर्दछ ।

जस्तैः ‘इञ्जिनियर/मानविकीमा विज्ञ/अन्तरराष्ट्रिय सेवा’ श्रेणी अन्तर्गत इञ्जिनियर भिषामा आवेदन दिन मुख्यतः निम्न कुराहरु पक्का गर्नु पर्छ ।

१. तपाई निम्न वर्गमा पर्नु हुन्छ कि हुँदैन ?

– विदेशमा स्वीकार्य हुने विश्वविद्यालय वा कलेज तह उत्तिर्ण गरेको

– ‘सेन्मोन गाक्को’ भनिने व्यवसायीक शिक्षालयबाट ‘सेन्मोन्शी’ तह उत्तिर्ण गरेको

– कार्य क्षेत्रमा १० वर्षभन्दा लामो कार्य अनुभव भएको

– आईटी इञ्जिनियर (न्याय मन्त्रालयले निर्धारण गरेको परीक्षा उत्तिर्ण गरेको वा सूचना प्रसोधन इञ्जिनियरिङमा योग्यता पाएको हुनु पर्छ ।)

२. तपाईले विश्वविद्यालय वा कलेज वा व्यवसायीक शिक्षालय उत्तिर्ण गर्नु भएको छ भने आफूले त्यहाँ पढेका कुरासँग कामको कुनै सम्बन्ध छ कि छैन ?

३. तपाईको अनुमानित तलब सम्बन्धित क्षेत्रमा त्यस्तै खालको काम गर्दा तपाईले पाउनु भएको तलबको बराबर छ कि उच्च छ ?

३. तपाईको रोजगारदाताको व्यवसाय दिगो खालको छ कि छैन ?

४. पहिला नै जापानमा बसिरहेका व्यक्तिका हकमा भने अपराधिक रेकर्ड हुनु हुँदैन, कर भुक्तानीमा ढिला भएको हुँनु हुँदैन र कानूनी कतव्र्यहरुको पालनामा त्रुटी रहित हुनु पर्छ । Nepali in japan

Leave a Reply

Your email address will not be published. Required fields are marked *