सियोल
दक्षिण कोरियामा बेरोजगारी भत्ता पाउनेको संख्या गत जुलाईमा सबैभन्दा उच्च रहेको छ l
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाउनेको संख्या उच्च भएपछी सो संख्यामा बृद्वी भएको हो l
श्रम तथा रोजगार मन्त्रालयका अनुसार गत जुलाईमा सरकारले आफ्ना नागरिकलाई १.१८ ट्रीलियन वोन अर्थात १ बिलियन अमेरिकी डलर बेरोजगारी भत्ता उपलब्ध गराएको छ l
उक्त रकम गत बर्ष जुलाईको भन्दा ५६.६ प्रतिशत बढी हो lयसभन्दा पहिला मे महिनामा १ ट्रीलियन वोन बराबरको बेरोजगारी सुबिधा उपलब्ध गराएको थियो l उक्त सुबिधा जुलाईमा मात्र ७ लाख ३१ हजारले प्राप्त गरेका छन् l
लामो समय देखि फैलिएको कोरोना भाइरसका अकारण बाह्य निर्यातमा कमि आएसंगै रोजगारी गुमाउनेको संख्या अत्यधिक बढेको छ l
यद्यपी सरकारले भने ठुलो संख्यामा नयाँ रोजगारी सिर्जना गर्ने तयारि गरेको बताएको छ lहेल्लो नेपाल कोरिया डटकम बाट