दक्षिण कोरियामा ईतिहासकै सबैभन्दा लामो बर्षा !

कोरिया आज

सोल

दक्षिण कोरिया हाल इतिहासकै लामो मनसुनको पिडा भोगिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस अघि सन् २०१३ मा मापन गरिएको सबै भन्दा लामो मनसुनको रेकर्ड यस बर्ष तोडिएको छ ।

विभागले मनसुन अझै एक हप्ता लम्बिने समेत बताएको छ । हाल सम्म ७५१२ जना मानिसहरु उक्त मनसुनी बर्षाबाट प्रत्यक्ष पिडित भएका छन् भने ३०४६ जना व्यक्तिहरु घरबार विहिन बनेका छन् ।

बर्षाकै कारण आएको बाढीका कारण ३९ जनाले ज्यान गुमाइसकेका छन् भने ११ जना अझै बेपत्ता छन् । बाढीकै कारण २० ,००० बढी संरचनामा क्षति पुगेको विभागले जनाएको छ ।

अझै पनि दक्षिण कोरियामा मनसुन निश्क्रिय हुन समय लाग्ने भन्दै दक्षिणि क्षेत्रका मानिसहरुलाई सचेत रहन विभागले अनुरोध गरेको छ ।

छेजु आइल्याण्ड लगायतका क्षेत्रमा अझै केही दिन भारि बर्षाको सम्भावना रहेको पनि विभागले बताएको छ । बिहिबार बिहानबाट देशको केन्द्रिय भुभागमा बर्षातको सम्भावना उच्च रहेको बताउदै सम्बन्धित क्षेत्रका बासिन्दालाइ सतर्क रहन समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *