सोल
दक्षिण कोरियाली राजधानी सोलमा कोरोना संक्रमणको जोखिम कायमै रहेको ठहर गर्दै महानगरीय सरकारले कुनै पनि किसिमका र्याली र जुलुस ननिकाल्न अनुरोध गरेको छ ।
आगामी अगष्ट १५ मा मनाइने स्वतन्त्रता दिवस र्याली सहित मनाउन विभिन्न संघ संस्थाहरुले गरेको आवेदन रद्द गर्दै सरकारले उक्त दिन कुनै किसिमको भीडभाडजन्य गतिविधिहरु नगर्न अनुरोध समेत गरेको छ ।
स्वतन्त्रता दिवस मनाउने क्रममा धेरै संस्थाहरुले र्याली निकाल्ने बताए पछि महानगर सरकारले १५ बढी संस्थाहरुलाई संस्थागत रुपमा नै त्यस किसिमका भीड जम्मा हुने गतिविधि नगर्न भनेको महानगरले बताएको छ ।
महानगरले उक्त कार्य देशको संक्रमण रोकथाम ऐन विरुद्ध हुने समेत बताएको छ । कोरोना संक्रमणको सुरुवातबाट नै सोल सरकारले राजधानीका विभिन्न क्षेत्रलाई जुलुस निषेधित क्षेत्र घोषणा गरेको तर ति १५ बढी संस्थाले निषेधित क्षेत्र बाहिर कार्यक्रम गर्ने जानकारी गराएका कारण सरकारले उनिहरुलाई संस्थागत रुपमा नै त्यस्ता भीडभाड बढाउने कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
उनीहरुले ससाना जुलुस भनेता पनि राजधानी क्षेत्रमा कम्तिमा पनि ५० हजार बढीको उपस्थिति हुने भन्दै सरकारले उक्त कार्यक्रम नगर्न भनेको हो ।हटपाटीबाट