सोल
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कुनै पनि किसिमको बिदेशी साहायता नलिन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
हाल उत्तर कोरियामा बाढीको प्रकोप आएपछि विश्वका विभिन्न संघसंस्थाहरुले उत्तर कोरियालाई सहयोग गर्नुपर्ने आवाज उठाए लगत्तै किमको यो भनाई बाहिर आएको हो ।
विश्वभर कोरोना माहामारीको कहर चलिरहेको बताउदै त्यस्ता सहयोग स्विकार गर्दा उत्तर कोरियामा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएका कारण किमले कुनै पनि विदेशी साहायता नलिन निर्देशन दिएको उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएले जनाएको छ ।
बिहिबार सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै किमले बाढी पहिरो अल्पकालिन समस्या भएको तर कोरोना भाइरस दीर्घकालिन समस्या बन्न सक्ने बताउदै त्यस तर्फ सबै सचेत रहनुपर्ने उनले बताएका छन् ।
उक्त बैठकमा बाढी पहिरोको क्षति न्युनिकरण गर्ने उपायबारे छलफल भएको थियो । किमले दक्षिण कोरियाबाट मानिसहरु भागेर उत्तर आउन सक्ने बताउदै सिमा क्षेत्रमा पर्याप्त कडाई गर्नुपर्ने बताएका छन् ।
उनले आवश्यक स्थानहरुमा कडा लकडाउन गरि स्थितिलाई सामान्य बनाउन निर्देशन समेत दिएका छन् ।