किम जोङ उन र डोनाल्ड ट्रम्पको आत्मिय सम्बन्ध बारेको पुस्तक प्रकाशन हुँदै:

कोरिया आज

सोल

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको आत्मिय सम्बन्ध झल्काउने पुस्तक प्रकाशन हुने भएको छ ।

चर्चित पत्रकार बब उडवार्डद्वारा लिखित उक्त पुस्तक आगामी महिना प्रकाशित गरिने छ । अमेरिकी प्रकाशक सिमन एण्ड चुस्टरले प्रकाशन गर्ने पुस्तकमा किम र ट्रम्व बिच आदानप्रदान भएका २५ वटख चिठ्ठी समाबेश गरिएको छ जसले उनीहरुको सम्बन्धलाई प्रस्ट्याउछ ।

रेज नाम दिइएको उक्त पुस्तकमा हालसम्म कहीं सार्वजनिक नगरिएका किम र ट्रम्पका चिठ्ठीहरु समावेश गरिएका छन् । उक्त पुस्तकमा किम तथा उत्तर कोरियाले आर्थिक संकट बेहोर्नु पर्ने विविध कारणहरु बारे समेत उल्लेख गरिएको पुस्तक प्रकाशकले बताएका छन् ।

यसका अलावा उत्तर कोरियामा नाकाबन्दि बढाइएको बारे समेत उक्त पुस्तकमा पढ्न पाइने प्रकाशकले बताएका छन् । हाल सम्म सन् २०१८ मा सिङ्गापुरमा आयोजित शिखर वार्ता पश्चात किमले ट्रम्पलाई पठाएको एउटा मात्र चिठी ट्रम्पले आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।

हाल सम्म उनीहरु बीच कतिवटा चिठ्ठी पत्र आदानप्रदान भए भन्ने बारे केही सुचना छैन । आगामी महिना सार्वजनिक हुने उक्त पुस्तकले त्यो रहस्य समेत खोल्न सक्ने कतिपयले अड्कल गरेका छन् ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *