सोल
दक्षिण कोरियाको राजधानी सोलमा सरकार विरोधी प्रदर्शन गर्ने मध्येका ३० भन्दा बढी व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शन रोक्ने क्रममा प्रहरीमाथि जाई लाग्न खोज्ने उनीहरुलाई प्रदर्शन स्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरु विरुद्ध प्रहरीले पक्राउ पुर्जीका लागि अदालतमा प्रकृया सुरु गरिसकेको समेत जनाएको छ ।
जापानी उपनिवेशबाट सन् १९४५ मा स्वतन्त्र भएको ७५ औँ बार्षिकोत्सवका अवसरमा उनीहरुले ठूलो संख्यामा मानिसहरु जम्मा गराई राजधानी सोलका विभिन्न क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । सरकारको निर्देशन विपरित १०००० भन्दा बढी व्यक्तिहरु उक्त र्यालीमा सहभागी भएका थिए ।
उक्त र्यालीमा सहभागीहरु मध्ये अधिकांश बृद्ध उमेरका थिए भने अन्यहरु चर्चसँग सम्बन्धित व्यक्तिहरु थिए । उनीहरुले सरकार विरोधि पर्चा र पम्प्लेट बोकेका थिए भने कतिपयले भने उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्नुपर्ने माग लेखिएका पर्चाहरु समेत बोकेका थिए । त्यस्तै कतिपयले भ्रष्टाचार आरोपमा जेलमा रहेका पुर्व राष्ट्रपति पार्क ग्युन हाईको रिहाईको माग समेत गरेका थिए ।
यता सरकारले भने कोरोना माहामारी संकट बढ्दै गइरहेका कारण गत हप्ताबाट नै राजधानी सोल लगायतका भीडभाड हुने क्षेत्रमा भेला, सभा, सम्मेलन, जुलुस लगायतका गतिविधि गर्न निषेध गरेको थियो । सरकारी महामारी नियन्त्रण अभियानमा साथ नदिएको भन्दै आन्दोलनको नेतृत्व गर्ने उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ गरिएकाहरुलाई कानुन अनुरुप कारवाही गरिने छ ।Hotpati