दक्षिण कोरियामा कोरोना फैलाउनेमा चर्च मुख्य जिम्मेवार

कोरिया आज

सियोल

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा पाँच महिनायताकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला परेका छन् ।

सोमबार दिइएको जानकारी अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १९७ नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा भेटिएका अधिकांश संक्रमितको सम्बन्ध साराङ छेइल चर्चसँग जोडिएको छ । यो चर्चका पास्चर राष्ट्रपति मुन जे इनका आलोचकको रुपमा देखिँदै आएका छन् ।

यसअघि दक्षिण कोरियामा सिन्चेओन्जी चर्च अफ जेससबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । यो चर्चबाट पाँच हजार दुई सयभन्दा धरैमा कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।

दक्षिण कोरियामा गत मार्चपछि पहिलोपटक एकैदिन दुईसयभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । यससँगै दक्षिण कोरियामा कोरोना भाइरका समग्र संक्रमितको संख्या १५ हजार ५१५ पुगेको छ ।

दक्षिण कोरियाको राजधानी सहर सोलको नगरस्तरीय सरकारले दिएको जानकारीअनुसार साराङ जेइल चर्चबाट कोरोना भाइरस सरेका १९३ नयाँ संक्रमित फेला परेका हुन् ।

राष्ट्रपति मुनले कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । स्वास्थ्य अधिकारीहरुले चर्चका सबै चार हजार ६ सय मानिसको कोरोना परीक्षण गर्न गइरहेका छन् ।

राष्ट्रपति मुनले सिन्चेओन्जी चर्चमा कोरोना भाइरसको संक्रमण देखिएपछिको यो सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् । यस महिनाको सुरुमा सिन्चेओन्जी चर्चका नेता ली मान ही पक्राउ परेका थिए । उनीमाथि समूहका मानिसहरु र भेला भएका मानिसहरुको सूचना लुकाएको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *