दक्षिण कोरियाको ख्यङ्गी प्रान्तमा मास्क अनिवार्य, नलगाए २५०० डलर जरिवाना !

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाको ख्यङ्गी प्रान्त सरकारले एक मंगलबार एक सुचना जारी गर्दै मास्क अनिवार्य गरेको छ ।

कोरोना संक्रमण ब्यापक रुपमा फैलिदै गएपछि सरकारले उक्त नियम अनिवार्य गरृको हो । संक्रमण नियन्त्रण ऐन अन्तरगत उक्त नियम लागु गरिएको प्रान्तका गभर्नर ली जाई म्युङले बताएका हुन् ।

सरकारले साराङ जेइल चर्चमा सहभागी सम्पुर्ण व्यक्तिहरु तथा उक्त चर्चबाट स्वतन्त्रता दिवसमा सरकार विरोधी प्रदर्शनमा सहभागीहरुलाई अनिवार्य रुपमा कोरोना परिक्षण गराउन समेत भनेको छ ।

सरकारले गत मे महिनामा लागु गरेको मास्क अनिवार्य नियम संक्रमण जोखिम बढे पश्चात पुन दोश्रो पटक लागु गरेको हो । करिव १ करोड ३० लाख जनसंख्या भएको उक्त प्रान्तमा कोरोना संक्रमणको त्रास उच्च भए पश्चात सरकारले उक्त निर्णय गरेको गभर्नर लीले बताएका छन् ।

पछिल्लो लहरमा चर्चसँग सम्बन्धित ४०० बढीमा संक्रमण देखिए पश्चात सरकार चर्चसँग आक्रामक समेत बनेको छ ।संक्रमण ऐन अन्तरगत यदि सरकारको मास्क अनिवार्य नियम उल्लङ्घन गरेको पाइएमा संक्रमण रोकथाम ऐन अन्तरगत २५०० अमेरिकी डलर जरिमाना गराउने गभर्नर लीले बताए ।

बाहिरी तथा भित्री जुनसुकै सार्वजनिक क्षेत्रका लागि उक्त नियम लागु गरिएको उनले बताए । ८ र १४ अगष्टमा सरकार विरोधी प्रदर्शनमा सहभागीहरुले कोरोना परिक्षण नगराए १ लाख देखि २० लाख वोन सम्म जरिमाना गराईने सरकारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *