दक्षिण कोरियामा ७ हजार ६ सय प्रहरीमा कोरोना संक्रमण

कोरिया आज

सोल

दक्षिण कोरियाली प्रहरीले स्वतन्त्रता दिवसका दिन सरकार र राष्ट्रपति विरुद्ध निकालिएको जुलुस नियन्त्रणमा खटिएका आफ्ना ७ हजार ६ सय प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण हुन सक्ने बताएको छ ।

अगष्ट १५ मा भएको उक्त र्यालीमा सहभागी अधिकांश प्रदर्शनकारीमा संक्रमण पाइएका कारण उक्त र्याली नियन्त्रणमा खटिएका आफ्ना प्रहरी अधिकारीहरुमा पनि संक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाली सरकारले संक्रमण जोखिम रहेको भन्दै ग्वाङहम स्क्वायर क्षेत्रमा प्रदर्शन निषेध गरेको थियो । सरकारी निषेधाज्ञाको बेवास्ता गर्दै आएको प्रदर्शनलाई नियन्त्रण गर्न उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

उक्त दिनको प्रदर्शन नियन्त्रण गर्न प्रान्तीय तथा महानगरीय गरि ७६१३ जना प्रहरीलाई ग्वाङहम तथा जियोङबुक दरवार क्षेत्र वरपर परितचालन गरिएको थियो ।

हिंसा तथा गैरकानुनी क्रियाकलाप हुने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । उक्थ र्यालीमा कन्जर्भेटिभ पाष्टर जुन ग्वाङ हुनको समेत सहभागिता रहेको प्रहरीले जनाएको छ ।

उक्त र्यालीमा सहभागी साराङ जियोल चर्चका सैयौँ सदस्यमा कोरोना संक्रमण पाइएको र पाष्टर हुन पनि संक्रमित भएका कारण उक्त भीड नियन्त्रण गर्ने क्रममा खटिएका प्रहरीमा समेत संक्रमण हुने सम्भावना भएपछि प्रहरीले उनीहरुले परिक्षणलाई तीब्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *