जापानमा भाइरस निःसंक्रमण गर्न मोबाइल फोन पसलमा एआईको प्रयोग

जापान समाचार

टोकियो

जापानका प्रमुख मोबाइल फोन कम्पनीहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन निःसंक्रमण गर्न कृत्रिम बौद्धिकताको प्रयोग गरेका छन् ।

मंगलबार दूरसञ्चार कम्पनी केडीडीआईले एउटा स्टार्ट अप कम्पनीले विकास गरेको नयाँ प्रणाली लञ्च गरेको छ ।लञ्च कार्यक्रमको आयोजना टोकियोमा इकेबुकुरो रेल्वे स्टेशन नजिक ‘एयू’ मोबाइल फोन पसलमा गरिएको थियो । स्टोरमा क्यामराहरु जडान गरिएको छ ।

एआईले उपभोक्ताहरुले छोएको स्मार्टफोन वा अन्य डिस्प्ले सामाग्री र क्षेत्रको पहिचान गर्नेछ । त्यसपछि कर्मचारीहरुले कम्प्युटरको स्क्रिनमा यी ठाउँको पूष्टि गर्नेछ ।

स्टोर बन्द भएपछि निःसंक्रमण रोबोटले परावैजनी प्रकाशहरु छरेर भाइरस निर्मूल पार्नेछन् । तीन ठूला मोबाइल फोन सेवा प्रदायक कम्पनीहरु केडीडीआई, एनटीटी डोकोमो र सफ्टबैंकले जापान भर जुलाईयता कम्तिमा आफ्ना १० स्टोरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण फेला परेको पूष्टि गरेका छन् ।

सम्पर्कका लागि अनलाइन पद्दतिको प्रयोग गर्न वा स्टोरमा आउन अघि अपोइन्टमेन्ट लिने जस्तो तरिका अपनाउन कम्पनीहरुले ग्राहकरुलाई आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *