कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछी सयौँ विधालयहरु बन्द !

कोरिया आज

शिव भुषाल /कोरिया

महामारीका कारण यसअघि ८ सय ३८ विद्यालय बन्द भएपछि कोरोना भाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले जनाएको छ।

पछिल्ला केही हप्तायता संक्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो। यसै परिवेशलाई ध्यानमा राख्दै ती विद्यालयहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका हुन्।

सारङजेल चर्च रहेको सियोलको उत्तरी क्षेत्र सिअनबुकमा मात्र करिब ८० विद्यालय बन्द भएका छन्। त्यस्तै गाङबुकमा ४० विद्यालयहरू बन्द भएका छन्। उक्त चर्च वरपरका क्षेत्रमा शुक्रबारसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७ सय ३२ पुगेको र सावधानीका लागि विद्यालयहरू बन्द गरिएको बताइएको छ।खबरपेपरबाट

यो पनि पढनुहोस

दक्षिण कोरियामा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो,उच्च शतर्कता अपनाउन आग्रह !

कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित ३२४ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १६,६७० पुग्यो।

पछिल्लो २४ घन्टा यता २ जनाको मृत्यु भएको छ।अहिले सम्म कोरोनाको कारण कोरियामा ३०९ जनाको मृ’ त्यु !

आज ५७ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १४,१२० जना।

दक्षिण कोरियामा आज ३२४ जना कोरोना संक्रमित फेला परेका छन् ।

सरकारले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै चर्चमा बढाइएका गतिविधिका कारण संक्रमण फैलिएको समाचारमा बताइएको छ ।

आज दक्षिण कोरियामा ३२४ जना कोरोना संक्रमितहरु फेला परेका छन् । ति मध्ये २७६ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।

यस सँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १६,३४६ पुगेको छ । विदेशबाट सङ्क्रमण भएर आउनेको सङ्ख्या १२ रहेको छ।संक्रमण बढेसँगै सरकारले राजधानी सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोश्रो तहको सुरक्षात्मक ब्यवस्था लागु गरेको छ ।

उक्त व्यवस्था अनुसार ५० जना भन्दा बढी व्यक्ति घरायसी प्रयोजनका लागि भेला हुन पाउने छैनन् भने सामाजिक प्रयोजनका लागि १०० भन्दा बढी भेला हुन पाउने छैनन् ।

हाल राजधानी सोल सहित छङ्जु , बुसान लगायतका क्षेत्रमा संक्रमितहरुको संख्या बढ्दै गएका कारण सरकारले ति क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपायहरु कडाईका साथ लागु गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले दिएको जानकारी अनुसार शुक्रवार पाइएका संक्रमितहरु मध्ये धेरैजस चर्च सँग सम्बन्धित भएका कारण सरकारले चर्चसँग सम्बन्धित गतिविधिलाई नियमन गर्न स्थानिय सरकारलाई अनुरोध समेत गरेको छ ।

आजसम्म दक्षिण कोरियामा कोरोनाकै कारणले ज्यान गुमाउनेको सङ्ख्या ३०७ पुगेको छ।आज ५७ जना सङ्क्रमण मुक्त भएसंगै कोरोना मुक्त हुनेको सङ्ख्या १४,०६३ पुगेको छ।

दक्षिण कोरियामा बिगत ३/४ दिन यता कोरोना सङ्क्रमण ह्वात्तै बढन थालेसंगै दक्षिण कोरिया सरकारले दोस्रो चरणको सामुहिक सङ्क्रमण लाई मध्यनजर गरेर पुन नयाँ सुरक्षात्मक निर्देशिका जारी गरेको छ।

हालसम्म कोरियामा करिब १७ लाख ३४ हजार ८३ जना को पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *