उत्तर कोरियाली नेता किम जोङ उन पुन: कोमामा

कोरिया जानाकारी

सोल

उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उन कोमामा रहेको दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम दे जङ्गका सुरक्षा अधिकृतले बताएको ‘द कोरियन हेराल्ड’ले जनाएको छ।

समाचार अनुसार पछिल्लो पटक किमले आफ्नी बहिनीलाई पार्टी सञ्चालनको अधिकार दिनु उक्त तर्कको प्रमाण भएको समेत उनले बताएका छन् ।

पूर्व राष्ट्रपति किम दे जङ्गका राजनितिक सल्लाहकार समेत रहेका उनले किमले बहिनीलाई शक्तिशाली बनाउदै गएको बताउदै त्यसले मात्र किमकी बहिनी किम यो जङलाई किमको उत्तराधिकारी बनाउन नसक्ने बताएका छन् ।

दक्षिण कोरियाली खुफिया एजेन्सीले भने किमले बहिनीलाई शक्तिशाली बनाउनु किममा गम्भिर स्वास्थ्य हुनु नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्दै चाङले किममा गम्भिर स्वास्थ्य समस्या नआई आफूमा निहित शक्ति अरुलाई हस्तान्तरण गर्न नसक्ने बताउदै बहिनीलाई अधिकार थप्नुले किममा स्वास्थ्य समस्या बढेका कारण शासन गर्न समस्या भएको बताएका छन् । उनले किम हाल अस्पताल भर्ना भएको दावी समेत गरेका छन् ।

आफूले चीनबाट समेत विस्वस्त सूचना प्राप्त गरेको बताउदै चाङले हाल किम राजनितिक गतिविधिमा सकृय नरहेको दावी गरेका छन् भने पछिल्ला दिनमा उत्तर कोरियाली सञ्चार माध्यममा आएका किमका तस्विरहरु झुटा र पुराना रहेको समेत बताएका छन् ।

चाङले भनेका छन -‘ मैले पाएको सुचना अनुसार किम मृत नभए पनि गम्भिर स्वास्थ्य समस्या सहित अस्पतालमा रहेका छन् र उनको रिक्तता महसुस हुन नदिन तथा देशको शासन व्यवस्थामा दरार हुन नदिन बहिनीलाई अधिकार दिएका हुन् ।’Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *