ठेगाना पहिचान नहुँदा कोरियामा वेवारिसे बन्यो जस बहादुरको श’व

कोरिया आज

शिव भुषाल/सिओल

कोरियाको देजङ स्थित चुङनाम नेस्नल युनिभर्सिटीमा नेपाली नाम गरेका एक व्यक्तिको श’व वेवारिसे बनेको छ ।

जस बहादुर पुन नाम भएका उक्त व्यक्तिको परिवार र स्थाई ठेगाना पहिचान हुन नसक्दा श’व वेवारिसे बनेको हो ।

क्यान्सर पिडित रहेका पुनको गत अगष्ट १५ मा मृ’त्यु भएपनि हाल सम्म ठेगाना पहिचान हुन नसक्दा श’व अस्पतालमै वेवारिसे बनेको छ ।श’व पुनकै निवासमा फेला परेपनि राहदानी लगायत कुनैपनि कागजात प्राप्त नहुँदा उनी नेपाली नै भएको वा नेपाली मुलका अन्य देशका नागरिक भएको भन्ने विषयमा यकिन हुन नसकेको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावास सिओलले जनाएको छ ।

प्रहरीले मृ’तकको औँठा छापका आधारमा उनी जसबहादुर पुन नाम गरेका नेपाली भएको बताउँदै सम्बन्धित अध्यागमनसँग समन्वय गरेर श’वको व्यवस्थापन गर्न नेपाली दूतावाससँग आग्रह गरेको छ ।

तर अध्यागमन विभागले भने दूतावाससँग समन्वय गर्न आनाकानी गर्दा पहिचान गर्न ढिलाई भएको नेपाली दूतावास सिओलका उपनियोग प्रमुख रामसिंह थापाले बताए ।

थापाले भने, ‘हामीले देजङ स्थित अध्यागमन विभागलाई मृ’तकका विषयमा विवरण उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेपनि अध्यागमनले प्रहरीसँग नै समन्वय गर्न भन्यो । अब भोलि सम्ममा फेरी प्रहरीसँग बुझ्छौँ त्यसपछि थाहा होला । ’

दूतावासले श’वको पहिचानमा सहयोग गर्न गैर आवासीय नेपाली संघ दक्षिण कोरियासँग आग्रह गरेको र संघले पनि प्रयास गरिरहेको बताएको थापाले बताए ।

यो समाचार खबर पेपरमा प्रकाशित छ।

कोरियामा कोरोना महामारी झन् बढ्दो , आईतबार थपिए ५ महिना यताकै सबैभन्दा धेरै संक्रमित

कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित ३९७ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १७,३९९ पुग्यो।

पछिल्लो २४ घन्टा यता कसैको पनि मृत्यु भएको छैन।अहिले सम्म कोरोनाको कारण कोरियामा ३०९ जनाको मृ’ त्यु !

आज ३१ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १४,२०० जना।

दक्षिण कोरियामा आज ३९७ जना कोरोना संक्रमित फेला परेका छन् ।

सरकारले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै चर्चमा बढाइएका गतिविधिका कारण संक्रमण फैलिएको समाचारमा बताइएको छ ।

आज दक्षिण कोरियामा ३९७ जना कोरोना संक्रमितहरु फेला परेका छन् । ति मध्ये ३८७ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।

यस सँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १७,३९९ पुगेको छ । विदेशबाट सङ्क्रमण भएर आउनेको सङ्ख्या १० रहेको छ।संक्रमण बढेसँगै सरकारले राजधानी सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोश्रो तहको सुरक्षात्मक ब्यवस्था लागु गरेको छ ।

उक्त व्यवस्था अनुसार १० जना भन्दा बढी व्यक्ति घरायसी प्रयोजनका लागि भेला हुन पाउने छैनन् भने सामाजिक प्रयोजनका लागि १० भन्दा बढी भेला हुन पाउने छैनन् ।

हाल राजधानी सोल सहित छङ्जु , बुसान लगायतका क्षेत्रमा संक्रमितहरुको संख्या बढ्दै गएका कारण सरकारले ति क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपायहरु कडाईका साथ लागु गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले दिएको जानकारी अनुसार आज पाइएका संक्रमितहरु मध्ये धेरैजस चर्च सँग सम्बन्धित भएका कारण सरकारले चर्चसँग सम्बन्धित गतिविधिलाई नियमन गर्न स्थानिय सरकारलाई अनुरोध समेत गरेको छ ।

आजसम्म दक्षिण कोरियामा कोरोनाकै कारणले ज्यान गुमाउनेको सङ्ख्या ३०९ पुगेको छ।आज ३१ जना सङ्क्रमण मुक्त भएसंगै कोरोना मुक्त हुनेको सङ्ख्या १४,२०० पुगेको छ।

दक्षिण कोरियामा बिगत ३/४ दिन यता कोरोना सङ्क्रमण ह्वात्तै बढन थालेसंगै दक्षिण कोरिया सरकारले दोस्रो चरणको सामुहिक सङ्क्रमण लाई मध्यनजर गरेर पुन नयाँ सुरक्षात्मक निर्देशिका जारी गरेको छ।

हालसम्म कोरियामा करिब १७ लाख ९१ हजार १८६ भन्दा माथी पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *