दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्दै, संक्रमित बढ्नुको कारण चर्च !

कोरिया आज

सिओल

दक्षिण कोरियामा पनि कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्याङ्क हेर्ने हो भने दक्षिण कोरियामा दैनिक तिन सयभन्दा बढी संक्रमितहरु फेला परिरहेका छन् ।

शनिबार दक्षिण कोरियाको राजधानी सोलमा मात्रै ३३२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।त्यसपछि आईतबार गरिएको स्वास्थ्य परीक्षणमा ३ सय ९७ नयाँ संक्रमित फेला परेका थिय भने आज सोमबार २६६ जना सङ्क्रमित फेला परेका छन।

विशेषगरी राजधानी सोलमा रहेको एक चर्चबाट कोरोना भाइरसको संक्रमाण तीब्र फैलिएको बताइएको छ । सो चर्चमा धरै मानिसहरु भेला हुने भएकाले कोरोना भाइरसको महामारीले ठूलो रुप लिएको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाका संचारमाध्यमहरुका अनुसार राजधानी सोल मात्रै धेरै मात्रामा कोरोनाले प्रभावित बनेको छ । त्यहाँका अन्य शहरहरु कोरोनाको ठूलो चपेटामा परेका छैनन् । बीबीसीका अनुसार संक्रमण पुष्टि भएका चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा पनि भाग लिएका थिए ।

यसकारण दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणले झनै भयावह स्थिती सृजना गर्न सक्ने बिज्ञहरुले चेतावनी दिएका छन् । दक्षिण कोरियामा हालसम्म १७ हजार ६ सय ६५ संक्रमित भेटिएका छन् । ३ सय ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १४ हजार २ सय १९ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरिया सरकारले शनिबार देखिनै कुनैपनि स्थानमा धेरै संख्यामा भेला नहुन, रात्रीकालीन गतिविधिहरु नगर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरु बन्द गर्न लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *