सिओल
कोरियाको थेजन स्थित चुङनाम नेस्नल युनिभर्सिटी हास्पिटलमा उपचार गर्ने क्रम मा मृ’त्यु भएका एक नेपालीको श’व बेबारिसे अवस्थामा रहेको भनी पहिचानको लागि एनआरएनए कोरियाले मृ’तकको तस्बिर सार्वजनिक गरेको थियो ।
मृ’तक जस बहादुर पुन सन् २००२ तिर कोरिया आएको र सन् २००५ देखि अवैधानिक बसोवास गर्दै आएको बुझिएको छ ।
मृतक म्याग्दी जिल्ला स्थित बुज्याप तातोपानीको रहेको जानकारी प्राप्त भएको छ । मृतकको नेपालमा २ छोरा र एक छोरी रहेको जनाईएको छ । साथै श्रीमति अष्ट्रेलियामा रहेको र उक्त छोराछोरी पोखरा लामाचौरमा हजुवुवा हजुरआमा सँग बसोवास गर्दै आएको जानकारी मेरोप्रतिभा अनलाईन मिडियालाई प्राप्त भएको छ ।
घट्नाबारे घरमा पनि जानकारी पाईसकेको जनाईएको छ । प्राप्त जानकारी अनुसार मृतक लामो समयदेखी घरपरिवार सँग पनि सम्पर्कमा नरहेको बताईएको छ ।
यसबारेमा हामी विस्तृत विवरणको लागि दुतावासमा सम्पर्क गरिरहेका छौँ । सम्पर्क हुन सकिरहेको छैन् । विस्तृत विवरण अपडेट गर्दै जानेछौँ ।मेरो प्रतिभाबाट