सिओलमा बस्ने विदेशीलाई कोरोना राहत प्रदान गरिँदै, E9 भिषाले पाउँछन त ?

कोरिया जानाकारी

सिओल

सिओलमा बस्ने विदेशीलाई कोरोना भाईरस आपतकालिन नगद राहत प्रदान गरिने भएको छ । यस अघि मार्च महिनामा सउलमा उक्त राहत बाँडिएको भएपनि विदेशीलाई उक्त राहत पाउन बाट बञ्चीत गरिएको थियो ।

सिओल महानगरले प्रदान गर्ने सो राहत परिवारको सदस्य संख्या र न्युनतम प्रतिव्यक्ति आय भन्दा कम आमदानी भएका परिवारलाई बढिमा ५ लाख वन सम्म प्रदान गर्ने छ । यस राहत कार्यक्रमले सिओलमा बस्ने ९५ हजार विदेशी लाभान्वीत हुने अपेक्षा गरिएको छ ।

कोरिया प्रवेश गरेको अगष्ट २७ सम्ममा ३ महिना पुगेको हुनुपर्ने र राहत प्राप्त गर्न योग्य विदेशिले आवेदन दिन सक्ने बताईएको छ । कोरियामा बसेर अध्ययन गर्ने र भिषाद्धारा अनुमति नपाईएका व्यवसाय गर्ने विदेशी भने उक्त राहत पाउन योग्य नरहेको सूचनामा उल्लेख छ ।

प्रिपेड कार्ड मार्फत प्रदान गरिने उक्त राहत रकमको म्याद डिसेम्बर १५ सम्मकालागि मात्र रहने बताईएको छ ।एक देखि दुई जनाको परिवारलाई ताेकिएकाे मापदणडमा आधारित रहेर ३ लाख वन, तीन देखि चार जनाको परिवारलाई ४ लाख वन र ५ देखि ६ जनाको परिवारलाई ५ लाख वन प्रदान गरिने छ ।

सिओल महानगरले यस अघि मार्च महिनामा नगरभित्रमा कोरोकाकारण आय खस्किएका १६ लाख परिवारलाई राहत उपलब्ध गराएको थियो ।
त्यतिबेला कोरियामा विहे गर्ने आप्रवासी र शरणर्थीहरुलाई उक्त राहत प्रदान गरिएपनि अन्य विदेशीलाई भने उक्त राहतबाट बञ्चीत गरिएको थियो ।

सरकारको उक्त विभेदकारी कदमको विरोध भएपछि जुन महिनामा मानव अधिकार आयोगले उक्त राहत विदेशीलाई पनि प्रदान गर्नुपर्ने सिफरिस यहाँको सरकारसमक्ष गरेको थियो ।उक्त कार्यक्रम अगष्ट ३१ देखि सुरु भएर सेप्टेम्बर २५ सम्म चल्ने छ ।

आवेदनकालागि (http://fds.seoul.go.kr). मा लगइन गरि गर्न सकिने छ । अनलाईन बाहेक अन्य क्षेत्रहरुमा पनि आवेदन दिने व्यवस्था गरिएको छ । ई-९ भिषाधारीलाई भने याे सुविधा उपलब्ध छैन ।Khabar paper

Leave a Reply

Your email address will not be published. Required fields are marked *