बैङ्क ह्याक गरि पैसा चोरेको भन्दै अमेरिकाले दियो उत्तर कोरियालाई चेतावनी

कोरिया आज

सोल

उत्तर कोरियाली ह्याकरहरुले पुन : अमेरिकी बैङ्कका सफ्टवेर ह्याक गरेर पैसा चोरी गर्न सुरु गरेका छन् ।

ह्याकरहरुले अमेरिकाको मात्र नभई विश्वका अन्य देशशरुका एटिएम प्रविधि ह्याक गरि पैसा लिएको भन्दै अमेरिकी बैङ्कहरुले उत्तर कोरियालाई चेतावनि दिएका हुन् ।

उत्तर कोरियाले गत बर्षबाट बन्द गरेको बैङ्क ह्याकिङ पुनः सुचारु गराए पछि अमेरिकाका ट्रेजरी विभाग र एफबसआईले बिगलब्वाइजका नाममा उक्त चेतावनि जारी गरेका हुन् ।

उनीहरुले उत्तर कोरियाले चोरी तथा ह्याकिङबाट लिएको पैसा आणविक हतियार परिक्षणमा खर्च गर्ने गरेको समेत बताएका छन् । उत्तर कोरियाले ह्याकिङ मार्फत सन् २०१५ यता विश्वभरबाट २ बिलियन भन्दा बढी रकम सङ्कलन गरेको अमेरिकाले आरोप लगाएको छ ।

अमेरिकी साइबर कमाण्ड विभागका एक अधिकारीले भ्वाइस अफ अमेरिकासँगको कुराकानीमा उत्तर कोरियाले अमेरिकाबाट मात्र बर्षेनी करोडौ रकम ह्याक गरि लैजाने गरेको आरोप लगाएका छन् ।

हाल अमेरिका ह्याकरहरुको बिवरण पत्ता लगाउन लागि परिरहेता पनि उत्तर कोरियाली ह्याकरहरुले विश्वका विभिन्न सर्भरको प्रयोग गरिरहेका कारण उनीहरुका गतिविधि नियन्त्रण गर्न नसकिएको बताएका छन् ।

तर माईक्रोसफ्टले भने उनीहरुका गतिविधिमाथि शशक्त निगारानी भइरहेको र पत्ता लाग्ने वित्तिकै कडा कारबाही गरिने समेत स्पष्ट पारेको समाचार आजको ‘ द कोरियन हेराल्ड मा प्रकाशित गरिएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *