उत्तर कोरियाले दियो सिमा क्षेत्रका सैनिकहरुलाई गो’ली हान्ने अधिकार

कोरिया जानाकारी

सोल

उत्तर कोरियाले आफ्नो सिमा क्षेत्रका सैनिकहरुलाई गो’ली हान्ने अधिकार दिएको छ ।

उत्तरले चिनसँगको सिमा क्षेत्रको १ किमी आसपासको क्षेत्रमा आवत जावत गर्ने जो कोहीलाई पनि गो’ली हान्न सक्ने अधिकार दिएको छ । कोरोना संक्रमण त्राश फैलिएपछि उत्तर कोरियाले नियन्त्रण प्रयास स्वरुप उक्त आदेश दिएको बताइएको छ ।

होरियोङ शहरको नगर प्रहरीले उत्तर कोरियाली सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको आपतकालिन सुचना अनुसार उत्तर कोरिया तथा चीनको सँगको सिमा क्षेत्रको १ किलोमिटर आसपासमा कसैको हिडडुल पाइएमा जो सुकैलाई पनि मा’र्न सक्ने अधिकार दिएको समाचारमा बताइएको छ ।

कोरोना महामारी समाप्त नहुन्जेल सम्मका लागि लागु गरिएको उक्त निर्णय उत्तर कोरिया चीन सिमाको सम्पुर्ण क्षेत्रमा लागु हुने छ ।

उत्तर कोरियाली अन्य क्षेत्रबाट उत्तर कोरियाली क्षेत्रमा प्रवेश गर्न खोज्ने जो कोहिलाई पनि श’त्रु भन्दै भाइरसबाट देशको स्वास्थ्य सुरक्षामा चुनौति दिने त्यस्ता दुस्मनहरुलाई कुनै पनि दया नगरिने समेत उत्तर कोरियाले जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *