दक्षिण कोरियामा ८ दिन कडा लकडाउन , रेष्टुरेन्टमा बस्न समेत नपाइने

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली राजधानी सोल तथा आसपासका क्षेत्रमा तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमण प्रभावलाई कम गर्ने उद्देश्यका साथ सामाजिक दुरीमा कडाई गर्न थालिएको छ ।

सोही क्रममा राजधानी सोलका रेष्टुरेन्ट , कफि सप , बेकरी लगायतका मानिस भीडभाड हुने क्षेत्रहरुको सञ्चालनमा रोक लगाइएको छ । सरकारको योजना अनुरुप अब सोल क्षेत्रका रेष्टुरेन्टहरुले ‘ टेक अवे ‘ सुविधा उपलब्ध गराउनु पर्ने छ भने रेष्टुरेन्टहरु बेलुकीको ९ बजे सम्म मात्र खोल्न पाइने छ ।

होम डेलिभरीको समय बेलुका ९ बजेबाट बिहान ५ बजे सम्म तोकिएको छ । कफिसपका हकमा सञ्चालन अवधिभर मात्र टेक अवे र डेलिभरी गर्न पाइने नियम बनाइएको छ ।

टेक अवे सेवा लिन चाहाने ग्राहकहरुले रेष्टुरेन्ट प्रवेश गर्दा व्यक्तिगत विवरण फारम भर्नु पर्ने छ भने मास्कको प्रयोग तथा सामाजिक दुरी अनिवार्य गरिएको छ ।

करिव ५ करोड जनसंख्या भएको दक्षिण कोरियाको आधा जनसंख्या राजधानी सोल आसपासका क्षेत्रमा बसोबास गर्ने भएकाले स्वास्थ्य सावधानी अपनाइएको सोल महानगरले जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *