कोरियामा अबैधानिक विदेशी कामदार ४ लाख नजिक पुगे!

कोरिया आज

सोल

दक्षिण कोरियामा गैरकानुनी रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुको संख्या हाल सम्मकै उच्च भएको छ ।

कोरियाली आप्रवासी सेवाले दिएको जानकारी अनुसार हाल दक्षिण कोरियामा गैरकानुनी रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुको संख्या ३,९६,६५४ पुगेको छ ।

सेवाले दिएको जानकारी अनुसार उक्त संख्याको करिव ७५ प्रतिशत अर्थात करिव २,९६,००० जना मानिसहरु छोटो अवधि ( ९० दिन ) को भ्रमणका लागि दक्षिण कोरिया आएका विदेशी नागरिक रहेका छन् ।

यो संख्या सन् २०१९ को यहि अवधिको भन्दा ११ प्रतिशत बढी हो । कोरोना संक्रमणका कारण हाल विश्वभर यात्रा प्रतिवन्ध लागेको तथा यात्रा गर्ने प्रकृया झण्झटिलो भएका कारण यसरि भिसाको म्याद सकिएर पनि मानिसहरु बसिरहेको हुन सक्ने विभागका अधिकारीहरुले बताएका छन् ।

कतिपय देशहरुले यात्रामा पूर्ण प्रतिवन्ध लगाएका छन् भने कतिपयले आंशिक रुपमा मात्र यात्रा खुलाउदा उक्त संख्या बढेको विभागले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *