सोनसिक दक्षिण कोरियाको १७ औँ अधिवेशन ; राजाराम श्रेष्ठको नेतृत्वमा नयाँ समिती निर्वाचित

कोरिया जानाकारी

शिव भुषाल /कोरिया

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)को सभापतिमा राजाराम श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

संस्थाको आईतवार सम्पन्न १७ औँ अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितती चयन गरिएको संस्थाका पुर्व सभापति डा. विमल सुवेदीले जानकारी दिए ।
कोरियामा फैलिएको कोरोना महामारीका कारण अनलाईन मार्फत नै अधिवेशन सम्पन्न गरिएको सुवेदीले बताए ।

अधिवेसनले उपसभापतिमा क्षेत्र नम्बर १ कालागि ओमराज सापकोटा, क्षेत्र नम्बर २ कालागि पुष्पराज अधिकारी, ३ कालागि सौगात शिवाकोटी र ४ का लागि श्रीदेवी ज्ञवालीलाई चयन गरेको छ ।

त्यस्तै सचिवमा टोंकिग बाँस्तोला, सहसचिवमा नविन बोहरा र कोषाध्यक्षमा चारु विष्ट चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा मनिष पाण्डे, ग्रिन्सन शर्मा, रभी घिमिरे, सुजता पुर्जा र प्रमोद बहादुर केशी चयन भएको सुवेदीले बताए ।

सोनसिक कोरियामा रहेका नेपाली विद्यार्थीहरुले सन २००४ मा यहाँको सरकार मातहत दर्ता गरी वैधानिक रुपमा सञ्चालन गरिएको संस्था हो । संस्थामा हाल करिब १५ सयको संख्यामा सदस्यहरु आवद्ध रहेको बताईएको छ ।खबरपेपर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *