कोरियन लोट्टो र नेपालीको भाग्य !

कोरिया आज

उपेन्द्र ढुङ्गाना/सिओल

कुनै एउटा नम्बरमा लोट्टो पर्ने संभाबना 0.0000122773 % हुन्छ तर यो लेख लेख्दा सम्म कोरियामा कोरोनाबाट मृ’त्यु हुनेको प्रतिशत 1.6053% छ ।

यसको मतलब मानौं यदि हामिलाइ कोरोना लाग्यो र त्यही समयमा 5 हजार वनको एकप्रती लोट्टो किन्यौं भनेपनी हामिलाइ लोट्टोको प्रथम र दोश्रो पुरस्कार पर्ने संभाबना भन्दा कैयौं गुणा बढी कोरोनाले मर्ने संभाबनापो रैछ । उसोभय हामी यो भरनै नभाको जिन्दगिमा यसो किन नगर्नेत :-

केही नभयपनी प्रत्येक हप्ता 10 हजार नेपालिले लोट्टो किनेकै हुन्छन तर अहिलेसम्म प्रथम र दोश्रो पुरस्कार परेका नेपालिहरु कतिजना होलान ? चिट्टा भनेको भाग्य हो पर्नेलाइ एउटामात्र नम्बर किनेपनी पर्न सक्छ नपर्नेलाइ 100 ओटा किन्दापनी पर्दैन त्यसैले यो भाग्यलाई अब थोरै कर्ममापनि किन नढाल्नेत ?

मानौं एक हप्तामा 5 हजार जनाले 2 प्रती लोट्टो किनेकै हुन्छौं भने अबबाट एक प्रतिमात्र किनौं र एक प्रतिको 5 हजार वन जम्मा गरौं 5000 जना×5000वन=2 करोड 50 लाख हुन्छ । अब बर्षमा 52 हप्ता ×2 करोड 50 लाख = 1 अर्ब 30 करोड वन हुन आउँछ । यसलाइ नेपालिमा सोझो तरिकाले हिसाब गर्दा लगभग नेपाली 13 करोड हुन आउँछ ।

यो कोरियामा लोट्टो किन्नेहरु मध्येबाट 5 हजार नेपालिको 1 बर्ष सम्म संकलित संयुक्त रकमको आंकडा हो । अब हामी यसले नेपालमा केही ब्यबसाय गर्न सक्दैनौंत ?

अबश्य सक्छौं कुनैपनी ब्यबसायको शुरुवातको लागि यो कुनै सानो रकम हैन । हामिले उदाहरणको रुपमा 20 हजार अमेरिकि डलरबाट शुरुवात गरेको #china_pages नामक website company बाट बिस्तार हुँदै अहिले बिश्वको TOP 10 PUBLIC COMPANY भित्र पर्ने online company ALI_BABA लाई लिन सक्छौं ।

ब्यबसायमा :- धैर्यता , लगनशिलता , दिर्घकालिन योजना आदिको आबश्यक पर्दछ । यदि हामिले सांच्चैनै थोरै थोरै बचत गरेर यसरी सामुहिक रुपमा कुनै ब्यबसाय गर्ने हो भने म यो दाबिका साथ भन्न सक्छुकी हामिले शुरुवात गर्‍यौं भने हाम्रो छोराछोरिले यसलाइ बिस्तार गर्नेछ र छोराछोरिले बिस्तार गरेपश्चात हाम्रा नाति नातिनाहरु पसिना बेच्नकै लागि भनेर तपाईं र म जस्तै यसरी बिदेशिनु पर्दैन ।

नोट :- पढी सकेपछी मलाइ गाली गरेर समय खेर नफाल्नु होला बरु एक निन्द्रा सुत्नुस र fresh हुनुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *