कोरियाली कम्पनी सामसङ्ग ले सार्वजनिक गर्यो ग्यालेक्सी जेड जेड फोल्ड- २ !

कोरिया जानाकारी

सोल

सामसुङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा आफ्नो नयाँ बहुआयामिक स्मार्ट फोन “ ग्यालेक्सी जेड फोल्ड -२ ” सार्वजनिक गरेको छ ।

यो फोन सार्वजनिक भएसँगै सामसुङले फोल्डिङ फोन बजारमा आफ्नो बर्चस्व कायमै राख्ने कम्पनिले बताएको छ । कम्पनिले उक्त फोन सार्वजनिक गर्ने क्रममा यस फोनमा थपिएका नयाँ विशेषताहरु समेत सार्वजनिक गरेको छ ।

सामसुङ मोवाइलका सञ्चार विभाग प्रमुख रो ताई मुनले आफ्ना ग्राहकहरुका गुनासा तथा अपेक्षालाई सम्बोधन गरेर यो फोन सार्वजनिक गरिएको बताएका छन् ।

गत अगष्ट ५ मै सार्वजनिक गरिएको उक्त स्मार्टफोनका विशेषताहरु भने सार्वजनिक गरिएका थिएनन् । अमेरिका , दक्षिण कोरिया लगायतका ४० देशहरुबाट माग भइरहेको उक्त स्मार्टफोनको बजार मुल्य २०२४ अमेरिकी डलर तोकिएको छ ।

सेप्टेम्बर ११ बाट १५ सम्म प्रि बुकिङ गरिने कम्पनिले जनाएको छ । छ । मुख्य ५ – जी नेटवर्क भएको यो स्मार्टफोन ७.६ इञ्च मुख्य डिस्प्ले , तथा ६.२ इञ्च कभर डिस्प्ले सहित उपलब्ध डिस्लेमा रहेको १२० हर्ज पावरले फोनलाई सहज तरिकाले चलाउन सहयोग गर्ने छ ।

‘ अल्ट्रा थिन ग्लास ‘ को प्रयोग गरिएको यो स्मार्ट फोनमा १२ / १२ मेगापिक्सेलका सुटर , अल्ट्रा वाइड तथा टेलिफोटो क्यामरा जडित छन् । मुख्य तथा कभर डिप्लेमा १० मेगापिक्सेल क्यामरा जडान गरिएका छन् ।

१२ जिबि र्याम तथा २५६ जिवि मेमरि भएको यो फोनले मेमरि कार्ड भने सपोर्ट गर्ने छैन । यस फोनमा ४५०० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ । यस फोनमा प्रयोगकर्ताले भ्यु फाइन्डरको साहायतामा उच्च गुणस्तरको सेल्फि लिन सक्नेछन् ।

त्यस्तै प्रयोगकर्ताले एकै पटकमा ३ वटा एप्स प्रयोग गर्न सक्ने छन् । एउटै एपमा धेरै फाइल खोली प्रयोग गर्न सकिने यसको नयाँ विशेषता हो ।

प्रयोगकर्ताहरुको सुझावलाई उच्च मुल्याङ्कन गर्दै सोही अनुरुपका विशेषता फोनमा हालेको बताउदै कम्पनिले यो फोनको बजार राम्रो हुने बताएको छ । कम्पनिले यस बर्ष न्युनतम ५ लाख प्रति फोन विक्री हुने लक्ष राखेको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *