दक्षिण कोरियामा खतरनाक आँधी, हवाई तथा जल यातायात बन्द

कोरिया आज

सोल

दक्षिण कोरियामा बाभी पश्चात आएको अर्को सामुद्रिक आँधीका कारण जनजिवन प्रभावित बनेको छ ।

बुधबार विहानबाट सुरु भएको अर्को समुद्री आँधी मेयकका कारण छेजु आइल्याण्ड र उक्त क्षेत्र वरपरका सैयौँ उडान, अवतरण तथा जल यातायात समेत अवरुद्ध भएका छन् ।

बर्षौँ यताकै शक्तिशाली हुन सक्ने उक्त आँधीबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिलाई लिएर स्थानीय सरकारहरु उद्धार तथा राहतका लागि तयार भएर बसेको दक्षिण कोरियाली अनलाइन पत्रिका द कोरियन हेराल्डले जनाएको छ ।

२३ किलोमिटर प्रति घण्टाको रफ्तारमा आइरहेको उक्त आँधीले ४५ मिटर प्रति सेकेण्डको हावाको वहाव उत्पन्न गराइरहेको दक्षिण कोरियाली मौसम विभागले जनाएको छ ।

आँधीका कारण हालसम्म ४३७ वटा आन्तरिक उडान बन्द गरिएका छन् छेजु खन्तराष्ट्रिय विमानस्थलबाट मात्र १४९ उडान रद्द गरिएको दक्षिण कोरियाली एयरपोर्ट महासंघले जनाएको छ । यी बाहेक अन्य क्षेत्रका उडान पनि धमाधम बन्द गर्न थालिएको महासंघले बताएको छ ।

छेजु, उत्तरी ग्यङसाङ, दक्षिणी ग्यङसाङ, उत्तरी छल्ला , दक्षिणी छल्ला तथा ग्याङवन क्षेत्रका सामुद्री तटमा रहेका हजारौँ जल यातायात तथा माछा मार्ने डुङ्गाहरु बन्द गराइएको छ ।

आँधीकै कारण छेजु क्षेत्रका १००० बढी घरहरुमा विद्युत आपूर्ति समेत बन्द भएको समाचारमा जनाइएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *