कोरियाको अस्पतालबाट एक यूवाको याचना,प्लिज मलाई सहयोग गरी बचाईदिनुहोस !

कोरिया जानाकारी

सहयोगको हार्दिक अपिल

काेरिया बासी सम्पुर्णमा नमस्कार,बागलुङ जिल्ला बरेङ गाँउपालिका २ हुग्दिशीर सक्नेरी घर भई हाल थेगु शहरमा काम गर्दै आउनु भएका निर्मल श्रीस ज्यू बिगत लामो समय देखि कलेजो सम्बन्धि रोग बाट ग्रसित हुनुहुन्छ। पछिल्लो समय कलेजो सँगै रक्तचाप सम्बन्धी समस्या झन जटिल बन्दै गएपछि १०दिन पहिले 대구 स्थित 경대 병원 हस्पिटलमा भर्ना हुनु भएको छ।

हस्पिटल गएर बुझ्दा समस्या निकै नै गम्भीर भएको डाक्टरले बताए संगै भर्ना भएको ३दिन पछि ICU मा राखेर उपचार शुरु गरेको थियो। अस्तिबाट बिरामीको स्वास्थ्यमा सुधार आएको छ तर अझै खतरा मुक्त भने भई सकेको छैन।तसर्थ अझै केही समय हस्पिटल बस्न पर्ने भएकोले सामान्य रूपबाट हेर्दा पनि उपचार खर्च धेरै नै आउने भएको हुदा बागलुङ समाजको सहयाेग र सल्लाहमा आर्थिक सहयोग अभियान सञ्चालन गरेका छौ।

त्यसैले यो अभियानमा कोरियामा रहनु हुने तपाईहरू सम्पुर्ण बाग्लुग बासी साथै ग़ैर बागलुग बासी नेपाली दाजु भाई दिदि बहिनीहरू जोडिएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

सहयोगको लागि खाता वालाको नाम-shreesh jiban
Ibk bank कोर्ड नं 03
एकाउन्ट नं-22140870502011

थप जानकारीको लागि-जीतन भाई श्रीस-01065851544,ज्ञानु श्रीस-01034395680,सुरेश खत्री-01044612251,प्रेम सागर पौडेल-01023618401

Leave a Reply

Your email address will not be published. Required fields are marked *