इन्छन एयर्रपोर्ट बाट किन फर्काइए ३७ नेपाली ?

कोरिया जानाकारी

सिओल

काेरियन एयरबाट शु्क्रवारकाे इन्छन – काठमान्डौ उडानमा सहभागि हुन आएका मध्ये ३७ जना नेपाली विमानस्थलबाटै फर्काईएका छन् ।

उनिहरुमा केहिमा ज्वराे देखिएकाे ,केही व्यक्तिको PCR रिपोर्ट ओरिजीनल हुनुपर्नेमा अस्पष्ट फोटो कपि आएको,केहीको पिसिआर कहिले गरिएकाे हाे भन्ने मिति नलेखिएकाे , केहीको नामको स्पेलिंग नमिलेको कारण उडानमा सहभागी हुनबाट वन्चित भएकाे काेरियन एयरलाई उद्ृत गर्दै नेपाली दूतावास सिओलका उप नियाेग प्रमुख रामसिंह थापाले जानकारी दिए ।


कागजात मिलेका र अन्य कुनै समस्या नदेखिएका करिब २ सय नेपाली भने साेहि विमानमा नेपाल पुगिसकेकाे थापाले बताए ।थापाले भने, – `काेरियन एयरले नेपाल सकारलाई उक्त विषयमा जानकारी गराईसकेकाे छ ।उनिहरुलाई आगामी उडानमा प्रक्रिया पुरा गराएर अहिलेकै टिकटमा अतिरिक्त शुल्क नलिई फर्काउन पहल गरिएकाे छ । ´
उनले थपे `यहाँबाट नेपाल जाने विमानले नेपाली बाहेक अरु कसैलाई लैजानै पाउँदैन, उहाँहरुले सरकारले ताेकेकाे मापदण्ड पुरा नगरेकाले मात्र राेकेकाे हाे ।´तर पिडित युवाहरुले भने एउटै अस्पतालबाट ल्याईएका दुई रिपाेर्ट मध्ये कसैलाई राेकिएकाे र कसैलाई पठाईएकाे गुनासाे गरेका छन् ।

पिडित मध्येका एक डम्मर कार्किले लाईनकाे पछाडि उभिएकालाई विभिन्न बाहानामा फर्काईएकाे गुनासाे गरे । उनले भने, `एउटै अस्पतालले फ्याक्स मार्फत पठाएका २ पिसिआर रिपाेर्ट मध्ये मलाई राेकियाे साथिलाई पठाईयाे । ´खबर पेपरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *