कोरिया बाट क्वारेन्टिन सम्म को यात्रा ..

कोरिया जानाकारी

सिओल

संघर्षका बाबजुद जून २० बिहान को मेरो नेपाल यात्रा तय भयो। यो अकस्मात भएको थियो मात्र दुइ दिन भित्रमा।लगभग झन्डै ७८ दिन को बेरोजगार कोरिया बसाइ पछि NRNA कोरिया र नेपाल दुताबास को सहकार्यमा यो सम्भब भएको थियो।

साथीभाइहरूसँग बिदा लिएर लगभग बिहान १ बजे इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे ,त्यहाँ म चौँथो पालि पुगेको थिएँ तर यतिबेला भने मैले बिल्कुलै फरक किसिमको दृश्य देख्न पाइरहेको थिए।

त्यहाँ हामी नेपाली बाहेक अरु कुनै देशका यात्रुहरु थिएनन् एकदमै सुनसान थियो पहिला त्यत्रो व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान देख्दा यस महामारी देखि झन् डर बढेर आयो। बिल्कुलै भिन्न परिवेश थियो त्यो।

बिहान 8 बजेर 10 मिनेटमा हाम्रो प्लेन काठमाडौँ विमानस्थलमा अवतरण गर्यो झ्यालबाट हेर्दा बाहिर केही प्रहरी तथा स्वयंसेवक देखिन्थे र विमानबाट उतारेर हामीलाई सर्वप्रथम सामाजिक दूरी कायम गर्दै स्वास्थ्य परीक्षण सुरक्षा चेक जाच तथा विवरण संकलन त्यसपश्चात प्रदेश अनुसार नामहरु बोलाउन थालियो र म प्रदेश एकतर्फ लागे।

हामीलाई नेपाली सेनाको बसमा हालेर भक्तपुरस्थित होल्डिंग केन्द्र तर्फ लगियो। अचम्म त होल्डिंग केन्द्र पुगेपछि पो भयो सबै व्यवस्था त ठिकै थियो तर त्यहाँको खाना निल्न पनि नसकिने असाध्यै बेस्वादिलो।
लगभग त्यहाँ तीन घन्टा पछाडि हामीलाई प्रदेश एकतर्फ जाने माइक्रोमा चढाइयो र माइक्रो भित्रै लगभग २ घण्टासम्म त्यहिँ राखियो गर्मीमा उकुसमुकुस भएर हामी बस्न बाध्य भयो खै के कागजी प्रक्रिया बाँकी थियो अरे भनेर सुनिएको थियो।

र हाम्रो बनेपा सिन्धुली हुँदै पूर्व तर्फको यात्रा सुरु भयो। मैले यो यात्रा सामान्य होला भनेर सोचेको थिए तर त्यस्तो भएन अगाडि नेपाली सेना हामी उसलाई नै पछ्याउँदै । सेनाको काम गराइ अनुशासित र चुस्त हुन्छ भनेर बाले भन्नु हुन्थ्यो तर अनुशासित मात्रै थियो यहा चुस्त भने थिएन ।
सर्वप्रथमतः शौचालय जान्छु कतै जंगलमा गाडी रोकी दिनुस् भन्दा समेत १० मिनेट १० मिनेट भन्दै चार घण्टासम्म शौचालय जान पाइएन।

अन्तिम पाली को खाना कोरियामा खाए पश्चात उक्त यात्रामा खानाको कुनै प्रबन्ध नै थिएन। यतिका गर्मीमा पनि हामीलाई माइक्रोको ढोका खोल्न समेत अनुमति थिएन। तिर्खा र पिसाब एकै समयमा लाग्दा पानी त खान पाइन्थ्यो तर शौचालयको कुनै प्रबन्ध नै गरिदिएनन्।

बल्लबल्ल शौचालयको व्यवस्था भने भयो बनेपाबाट माथि जंगलमा,शहरमा त समाजिक दूरी कायम गरेर शौचालय जान्छु भन्दा पनि नपाइने हामी अचम्मित भएका थियौं। न हामीलाई ढोका खोल्न अनुमति थियो न बाहिर जानलाई भोक लाग्दैगर्दा पनि खानाको कुनै प्रबन्ध थिए।

आर्मी त यतिसम्म अनुशासित भने मानवअधिकार उल्लंघन हुँदा समेत उनीहरूको अनुशासन तोडिने कुनै छट काटै हुँदैन रहेछ। हामीले त खान पाइएको छैन भोक लागो भन्दा समेत उनीहरु ये हो र भनेर अचम्मित हुन्थे। कतै बाटोमा गाडी रोकी हाले भने पनि पसलका मान्छेहरु यहाँ किन गाडी रोकेको होला यिनीहरुलाई छिटो खेदाइ हालत भनेर भनेर कुरा गर्थे।

धन्न एउटा बाजेले केही महँगो रुपैयाँ लिँदै चाउचाउ तथा बिस्कुट हरु बेचे र हामीले भोक केही समय पछाडि धकेल्यौ। एक जिल्लाबाट अर्को जिल्लामा सेना परिवर्तनको लागि धेरै समय लगाउने रहेछन् हामीलाई गर्मी अत्याधिक भएर गुम्सिएर बाहिर निक्लने निर्णय गर्दै गालीका बाबजुद हामी बाहिर एकछिन हावा खान निक्लिल्यौ।

यसरी कष्टकर यात्रा गर्दै बिहान ८ बजे हामी चतरास्थित होल्ड़िंग केन्द्र आइपुग्यौ।यतिबेलासम्म पनि हामीले खाना भने खाएका थिएनौं र त्यहाँ पनि कुनै प्रबन्ध गरिएको थिएन र हामीलाई त्यहाँ पनि सामान्य ज्वोरो परिक्षण पश्चात अन्त्यमा चारवटा पाउरोटी र एक गिलास रातो चिया
खुवाईयो।

अन्त्यमा कोरिया मा pcr परीक्षण गरेका कारण हामीलाई परिवारको कुनै एक सदश्यको जिम्मा लगाउँदै घरमै क्वारेन्टिन बस्ने शर्त सहित त्यहाँबाट दिउसो 11 बजे छाडियो। र यसरी दुख सुखका बाबजुत मेरो कोरिया बाट क्वारेन्टिन सम्मकाे यात्रा सम्पन्न भयो र खाना भने मैले घरमा नै आएर खाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *