कोरियाले कोरोना नियन्त्रण गर्न ५.८८ बिलियन अमेरिकी डलर छुट्यायो !

कोरिया आज

सोल

दक्षिण कोरियामा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएसँगै जारि गरिएको सामाजिक दुरी नियमका कारण जनजीवनमा नकारात्मक प्रभाव पर्न थालेपछि सरकारले राहत प्याकेजको ब्यवस्था गर्ने तयारी थालेको छ ।

कोरोनाका कारण प्रभावित जनता तथा व्यवसायीहरुलाई राहत उपलब्ध गराउन सरकारले ५.८८ बिलियन अमेरिकी डलर बराबरको थप बजेट ल्याउने भएको छ ।

दक्षिण कोरियाली प्रधानमन्त्री चुङ सेई क्युन , उपप्रधानमन्त्री होङ नाम की , डेमोक्रेटिक पार्टी अध्यक्ष ली नाक यो , राष्ट्रपति कार्यालयका योजना प्रमुख किम साङ् जो लगायतका उच्च पदस्थ अधिकारीहरुको संयुक्त बैठकले पुरक बजेट ल्याई जनतालाई राहत उपलब्ध गराउनु पर्ने बताएका हुन् ।

बैठक पछि बोल्दै डेमोक्रेटिक पार्टी अध्यक्ष ली नाक योले हाल निर्णय भएको पुरक बजेटले पिडित जनतालाई न्याय गर्न सक्नु पर्ने बताएका छन् । प्राथमिकिकरण गरेर वास्तविक प्रभावितहरुलाई महसुस हुने गरि राहत वितरण गरिनु पर्नेमा उनले जोड दिएका छन् ।

कुनै पनि नागरिकले आफूमाथि अन्याय परेको महसुस नगर्ने गरि राहत रकम वितरण गरिनु पर्ने उनले बताएका छन् । सरकारले आगामी सेप्टेम्बर १५ मा उक्त बजेट प्रमाणीकरणका लागि राष्ट्रिय सभामा लैजाने भएको छ ।

यो सँगै सरकारले ५ ९ बर्ष पछि पहिलो पटक चारवटा पुरक बजेट ल्याउने भएको हो ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *