दक्षिण कोरियाको पर्यटन व्यावसाय धरासायी,पर्यटन बाट हुने आम्दानी १७ बर्ष यताकै कम !

कोरिया आज

सोल

दक्षिण कोरियामा पर्यटन व्यवसाय धरासायी भएको छ । चालु आर्थिक बर्षको दोश्रो चौमासिक सम्ममा आइपुग्दा पर्यटन मार्फत हुने आमदानीमा ब्यापक गिरावट आएको हो ।

सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो समयको पर्यटन मार्फत हुने आम्दानी १७ बर्ष यताकै कम रहेको छ ।

दक्षिण कोरियाली पर्यटन विभागका अनुसार गत बर्षको अप्रिल महिनामा पर्यटन उद्योग मार्फत ५.५७ बिलियन डलर संकलन भएको थियो भने यस बर्षको सोही महिनामा जम्मा १.१ ९ बिलियन डलर संकलन भएको छ जुन गत बर्षको भन्दा ७८.६ प्रतिशत कम हो ।

सरकारी तथ्याङ्क अनुसार उक्त आमदानी सन् २००३ को १.११ बिलियन डलर पछिको सबै भन्दा कम हो । कोरोना संक्रमण पश्चात विश्वभरबाट लगाइएको यात्रा प्रतिबन्ध तथा कडा नियमका कारण भ्रमणको संख्यामा ब्यापक कटौति भएको छ ।

पर्यटन मन्त्रालयका अनुसार गत बर्षको मध्य सम्ममा करिव ४६ लाख विदेशी पर्यटकले दक्षिण कोरिया भ्रमण गरेका थिए भने यस बर्षको मध्य सम्ममा उक्त संख्या घटेर ९ लाख ७० हजारमा झरेको छ ।

त्यसै गरि दक्षिण कोरियाली पर्यटकहरुले यस बर्ष १७ बर्ष यताकै कम विदेश भ्रमण गरेको समेत मन्त्रालयले जनाएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *