दक्षिण कोरियाले आपतकालीन प्रयोजनका लागि चामल खरिद गर्दै

कोरिया आज

सोल

दक्षिण कोरियाली सरकारले आपतकालिन परिस्थिति ब्यवस्थापनका लागि तथा बजारमा स्थिरता ल्याउन अर्को हप्ताबाट चामल किन्ने बताएको छ ।

हाल दक्षिण कोरियामा प्राकृतिक प्रकोपको कहर बढ्दै गएका कारण उत्पन्न हुन सक्ने परिस्थितिसँग जुध्न चामल किन्ने योजनामा रहेको सरकारी अधिकारीले बताएका छन् ।

कृषि , खाद्य तथा ग्रामीण मन्त्रालयका अनुसार सरकारले आफ्नो योजना अनुसार ३,४०,००० टन चामल किन्ने छ । सरकारले किन्ने उक्त चामल मध्येबाट १,००,000 टन चामल भने बैदेशिक साहायतामा खर्च गरिने छ ।

मन्त्रालयका अधिकारीका अनुसार सरकारले आपतकालिन परिस्थितिका लागि भन्दै हरेक बर्ष कम्तिमा २ महिना बजार धान्न सक्ने गरि खाद्यान्न खरिद गरि भण्डारण गर्दै आएको छ ।

मन्त्रालयका अनुसार सरकारले बार्षिक खपतको १७/१८ प्रतिशत खाद्यान्न आकस्मिक प्रयोजनका लागि भण्डारण गर्ने गर्दछ । सरकारले खाद्यान्न खरिदका लागि प्रति ४० किलो २५.२ अमेरिकी डलर अग्रिम भुक्तानीको प्रकृया सुरु गरेको समेत मन्त्रालयले जनाएको छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *