किशन गौतम /सिओल
दक्षिण कोरियाले गत अगस्टमा २ लाख ७४ हजार रोजगारी गुमाएको छ l विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कोरियाको श्रम बजार पनि नराम्रो संग प्रवाभित बनेको एक तथ्यांकले देखाएको छ l
बेरोजगारी दर गत अगस्टमा ०.१ प्रतिशतले बृद्वी भै हाल ३.१ प्रतिशत पुगेको छ भने हाल सम्म रोजगारीमा जानेको संख्या २७.८ मिलियन छ l तथ्यांकअनुसार विश्वव्यापी रुपमा भैरहेको वित्तीय संकटका कारण रोजगारी गिरावट बिगत ८ महिना यताकै सबैभन्दा बढी हो l
हाल १५ देखि ६४ वर्ष समुहका रोजगारी दर ६५ .९ प्रतिशत छ यो संख्या एक बर्षमा १.१ प्रतिशतले कम हो भने १ देखि २९ बर्ष उमेर समुहका बेरोजगारी ७.७ प्रतिशत छ जुन एक बर्षमा ०.५ प्रतिशतले बढी हो l
यसैबीच बढ्दो कोरोना भाइरसका कारण सामाजिक दुरी अझै फराकिलो पर्दै जाँदा बेरोजगारी दर अझै बढ्न सक्ने अर्थ सहायक मन्त्रि किम योंग- बेओम बताएका छन् l
त्यसतै अर्थ मन्त्री होंग नाम-कि ले ले फेसबुकमा लेख्दै भनेका छन् कि रोजगारी गुमाएकाहरुलाई राहत दिन सरकारले यो हप्ता चौथो अतिरिक्त बजेट निकासा गर्ने छ lहेल्लो नेपाल कोरिया डटकम बाट