दक्षिण कोरियामा कोरोना सङ्क्रमण घटदो ,

कोरिया आज

सिओल

दोस्रो लहरको संक्रमण लाइ नियन्त्रण गर्न सरकारले सामाजिक दुरीलाई कडा पार्दै आइरहेको छ l

दक्षिण कोरियामा बिगत एक हप्तादेखि कोरोना भाइरसका नयाँ संक्रमित थपिने क्रम केहि घट्न थालेको छ l एक हप्ता पहिला ३ सयको हाराहारीमा दैनिक संक्रमित थपिदै आएकोमा यो हप्ता २ सय भन्दा तल झरेको छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार गएको २४ घन्टामा १ सय ५५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् l यो संगै कुल संक्रमितको संख्या २१ हजार ७ सय ४३ पुगेको छ l त्यस्तै उक्त अबधिमा निको भै घर फर्किनेको संख्या ३३७ रहेको छ l

बिहिबार थपिएका नया संक्रमित मध्ये १ सय ४१ जना स्थानीय छन् भने विदेश बाट संक्रमित भै आउनेको संख्या १४ छ l
यसरि नयाँ संक्रमित थपिनेमा अघिल्लो दिनको तुलनामा बिहिबार केहि घटेको छ l बुधबार १ सय ५६ जना जना नया संक्रमित थपिएका थिए l

कोरियामा गत अगस्ट १४ तारिख देखि दोस्रो संक्रमण फैलिएपछी अगस्ट २७ तारिख सबैभन्दा धेरै ४ सय ४१ जना नयाँ संक्रमित थपिएका थिए l

कोरियामा कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ३ सय ४६ पुगेको छ भने १ १७ हजार ३ सय ६० जना निको भैसकेका छन् l

दोस्रो लहरको संक्रमण लाइ नियन्त्रण गर्न सरकारले सामाजिक दुरीलाई कडा पार्दै आइरहेको अबधि आगामी आइतवार समाप्त हुदैछ l भारस संक्रमणको अबस्थालाई मध्येनजर गर्दै उक्त अबधि थप गर्न सक्ने अनुमान गरिएको छ lहेल्लो नेपाल कोरिया डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *