कोरियामा कोरोना भाइरसको औषधी परीक्षण सफल

कोरिया जानाकारी

सोल -दक्षिण कोरियाली औषधी उत्पादक कम्पनि सेल्ट्रियनले कोरोना भाइरससँग लड्न तयार गरिएको औषधी सीटीपी ५९ को पहिलो चरणको परिक्षण सफल भएको बताएको छ ।

३२ जनामा परिक्षण गरिएको एण्टीबडी औषधीले पहिलो चरणको ट्रायलमा सफलता पाएको कम्पनिले घोषणा गरेको हो ।

कम्पनिले पहिलो चरणको सफलतासँगै दोश्रो र तेश्रो चरणको परिक्षणको तयारी थालेको समेत बताएको छ । कम्पनिका अनुसार उक्त परिक्षण विश्वका १२ बढी देशका ५०० बढी मानिसहरुमा गरिने छ र परिक्षणका मोडलहरु विश्वका ७ वटा देशहरुलाई पठाइसकिएको समेत कम्पनिले बताएको छ ।

कम्पनिले कुन कुन देशमा ट्रायल गरिने भन्ने बारे केही नबोले पनि सार्स कोभिड २ प्रभावित देशहरुमा उक्त परिक्षण गरिने कम्पनिले बताएको छ । कम्पनिका अनुसार सन् २०२० को अन्त्य सम्ममा उक्त दोश्रो र तेश्रो चरणको परिक्षण सम्पन्न गरेर २०२१ बाट औषधी उत्पादनमा लाग्ने समेत बताएको छ ।

सीटीपी ५९ औषधी को उत्पादन सेल्ट्रियन तथा रोग तथा प्रकोप नियन्त्रण केन्द्रको संयुक्त लगानीमा गरिएको हो । पहिलो चरणको परिक्षणमा कुनै प्रकारका नकारात्मक असर नदेखिइकन नै एण्टीबडी उत्पादनमा सहयोगी भएको कम्पनिले बताएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *