कोरोना भाइरसको प्रभाव केहि कम हुन थालेपछि सामाजिक दुरी खुकुलो पार्दै दक्षिण कोरिया

कोरिया आज

सिओल

दक्षिण कोरियाले आगामी हप्तादेखि सामाजिक दुरी खुकुलो पार्ने भएको छ l

पछिल्लो २ हप्ता देखि नयाँ संक्रमितको संख्या क्रमिक रुपामा घट्न थालेपछि राजधानी सियोल तथा आसपासका क्षेत्रमा लगाउदै आएको २.५ लेबलको सामाजिक दुरीलाई खुकुलो पार्ने तयारि गरेको हो l

सोमाबार देखि लागु हुनेगरी आगामी २ साताको लागी .५ लेबलको सामाजिक दुरीलाई घटाई २ लेबलको दुरी कायम राख्ने निर्णय संगै सियोल , ख्याङ्गिदो तथा इन्छन क्षेत्रका होटेल रेस्टुरेन्ट तथा बेकरी पसल हरु निश्चित मापदण्ड पुर्याएर साँझ ९ बजे सम्म खुल्ने छन् भने मानिसहरु आफ्नो दैनिक कार्यहरु सहज रुपले गर्न पाउने छन् l

तर उक्त क्षेत्रमा बाहिरि कार्यक्रममा भने १०० जना तथा हल भित्रका कार्यक्रमा ५० जना भन्दा बढी भेला हुन भने पाइने छैन l

कोरियामा गत अगस्ट १४ तारिख देखि दोस्रो लहरको सामुहिक संक्रमणले महामारीको रुप लिन थालेपछि सरकारले १६ तारिख देखि २ लेबलको सामाजिक दुरी कायम गरेको थियो भने त्यसलाई बढाएर हाल २.५ लेबल पुर्याएको छ lहेल्लो नेपाल कोरिया डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *