दक्षिण कोरियामा बिदेशी नागरिकमाथि फोन आत’ङ्क, बैङ्क विवरण मागिए पछि त’नाव !

कोरिया आज

सोल

पछिल्ला दिनहरुमा दक्षिण कोरियामा बस्ने बिदेशी नागरिकहरुले नयाँ समस्या झेल्नु परिरहेको छ ।

नयाँ नम्बरबाट फोन तथा मेसेज आउने र आफ्नो बैङ्क खाता नम्बर मागिने गरिएको उनीहरुले बताएका छन् । पिडितहरुका अनुसार कोरोना महामारीबाट राहत पाउन सरकारले दिने भनेको सहयोग रकम उपलब्ध गराउनका लागि भन्दै खाता नम्बर मागिएको पिडितहरुले बताएका छन् ।

मंगोलियाका एक नागरिकले भने- “ सरकारले उपलब्ध गराउने भनेको राहत पाउनका लागि फारम भर्न भन्दै पटक पटक फोन आएपछि मैले एक कोरियाली साथिलाई उक्त घटना बारे सोधे । उनकै सल्लाहमा त्यस्ता कल र मेसेजको रिप्लाई गर्न बन्द गरिदिएँ ।

” जुलियन एक प्रतिनिधि पात्र मात्र हुन । हाल उनी जस्तै कैयौं बिदेशी नागरिकहरु यस किसिमका समस्याबाट पिडित बनेका छन् । यता सरकारले भने उक्त घटना केही फटाहाहरुले गराएको भन्दै त्यस्ता फोन तथा मेसेजको पछि नलाग्न भनेको छ ।

राहतका लागि आफू स्वयं ले भरेको फारम मात्र मान्य हुने भन्दै सरकारले त्यस्ताको पछि नलाग्न भनेको हो । सरकारले कसैलाई कल अथवा मेसेज नगरेको र नगर्ने समेत सरकारले स्पष्ट पारेको छ । हाल सोल महानगर सरकारले त्यस प्रकृतिका उजुरीहरु प्रसस्त प्राप्त गरिरहेको भन्दै उक्त समस्या समाधान गर्न सरकार लागि परेको बताएको छ ।

हाल सम्म ५४ हजार बढी त्यस किसिमका उजुरी आएको जसमध्ये २२ सय बढी बिदेशी नागरिकहरुको रहेको र यो संख्या बढ्दै गइरहेको सरकारले बताएको छ ।

बिदेशी नागरिकमा कोरियाली भाषागत सीपको अभावका कारण बढी प्रभाव पर्न सक्ने तर्फ सरकार सचेत रहेको बताउदै त्यस्ता गतिविधि गर्ने विरुद्ध साइबर अपराध अन्तरगत कारवाही गरिने समेत सरकारी अधिकारीले बताएका छन् ।

सहयोग आवश्यक परेमा ११२ तथा १३३२ मा फोन गर्न समेत सरकारले भनेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *