इपिएस सम्बन्धि महत्वपुर्ण जानाकारी !

कोरिया जानाकारी

रुद्र कडेल

ईपिएस अफिसमा फोन गरेर प्राप्त आधिकारिक जानकारी अनुसार यो सेप्टेम्बर महिनाभरीमा कामदार जाने संभावना एकदमै कम छ र अक्टोबर महिना पछाडी अर्थात छुसक पछाडि कुन देशबाट कसरी लैजाने भन्ने कुरा थाहा हुनेछ ।

यसको अर्थ यो हैन कि छुसक पछाडि नेपालबाटै कामदार लैजान सुरु गर्छ , कोरियाले नियमित कामदार लैजान अक्टोबर महिनाबाट सुरु गर्ने भन्ने हो जुन कुरा अस्ति TDNK सरले भनेर अनुसार मिलेको छ तर कोरोनाको लगायत अरु स्थिती हेरेर कुन देशलाई प्राथमिकतामा राख्छ ।

त्यो कोरिया सरकारको कुरा हो नेपालले गर्नुपर्ने सम्पुर्ण पहल गरिसकेको छ भन्ने जानकारी प्राप्त भयो । अनि अर्को कुरा अहिले तत्काल नोटिस निकालेर ccvi फर्म भर्न लगाउँदैमा समस्या समाधान हुने होईन रे जब सम्म उताबाट कोरिया सरकारले नयाँ कामदार लिन स्वीकृति दिँदैन।

अहिले कोरिया सरकारको निर्णय कुरेर बसेको अबस्था हो र कोरियाले नेपाली कामदारलाई स्वीकृती दिँनासाथ प्राथमिकतामा commited कामदार पर्ने र त्यो लगत्तै अरु नियमित कामदार (cbt pbt ) लैजाने भन्ने आशयको जवाफ प्राप्त भयो ।त्यसैले साथीहरु कुनै ब्यक्तिले के भन्छ भन्ने कुराको पछाडि लाग्नु भन्दा पनि eps कार्यालयको आधिकारिक सुचानालाई बिश्वास गरौँ।

थप जानकारीको लागि केही कुरा जान्न र बुझ्न चाहनुहुने इपिस् पिडित साथीहरुले इपिस कार्यालयमा आँफै फोन गरेर बुझ्न सक्नुहुने छ त्यसैले कुनै ब्यक्तिले के भन्छ त्यसैलाई बिश्वास गरेर आधिकारिक सुचना लिन बाट बन्चित नबनौँ ।

इपिस कार्यालयको ग्वार्को को फोन नम्बर ,01-5186349 ,01-5186350 धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *