कोरियन पर्व छुसकमा भलिबल प्रतियोगिता

कोरिया आज

सोल

कोरियन महान चाड छुसकको अवसर पारेर नेपाली परोपकार समाज कुजी थेगुले आउँदो अक्टोबर २ मा मैत्रीपुर्ण नकआउट भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण कार्यक्रमहरु आयोजना हुन नसकेको भए पनि छुसक पर्वको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लगिएको समाजले जनाएको छ ।

छुसक पर्वका बेला बिदा हुने भएकाले नेपाली समुदायबीच सौहार्दपूर्ण भेटघाट र मिलन होस् भन्ने उद्धेश्य राखेर भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाजका एक सदस्यले बताए ।

प्रतियोगिता थेगु प्रदेशस्तरिय भए पनि अन्य प्रदेश र क्षेत्रका नेपाली भलिवल क्लबहरुले भाग लिन पाउने छन् । कुजीको भलिबल खेल मैदानमा आयोजना गरिन लागेको प्रतियोगिताका लागि स्थानीय प्रशासन तथा स्थानीय नगरपलिकाको लिईसकेको जनाइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १० लाख वन , द्वितीय ७ लाख वन र र तृतिय पुरस्कार ३ लाख वन सहित कप र मेडल रहेको छ । बिस्तृत जानकारीको लागि निम्न पदाधिकारीसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

खेल संयोजक तथा वरिष्ठ सल्लाहकार फत्त पुन 010 23969998 अध्यक्ष निमेष गुरुङ 01048822044 उपाध्यक्ष फडिन्द्र भट्टराई 01058326345 सचीव अमृत अधिकारी मित्र मगर 01058323708 बिनय सिन्जाली 0108295996

Leave a Reply

Your email address will not be published. Required fields are marked *