सोल
दक्षिण कोरियाको टेलीकम्युनिकेशन विभागले हालै ल्याएको नयाँ नियमबारे अमेरिकाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
पछिल्लो पटक दक्षिण कोरियामा ल्याइएको नयाँ कानुन अनुसार इन्टरनेटका माध्यमबाट सामाग्री पस्किएर आर्जन गरिएको आमदानी मध्ये केही हिस्सा अब सरकारलाई समेत बुझाउन पर्ने भएको छ ।
अमेरिकी टेलीकम्युनिकेशनका प्रतिनिधिसँग गत सेप्टेम्बर १० मा भएको कुराकानीका क्रममा उक्त मुद्धामा चर्चा भएको थियो । जवाफमा दक्षिण कोरियाली अधिकारीले आफ्नो नयाँ नियमले गुगल, नेटफ्लिक्स जस्ता कम्पनिको कारोबारलाई निरुत्साहित गर्नु नभई स्वदेशी तथा विदेशी प्रविधि बीच समानता ल्याउने प्रयास मात्र भएको बताएका छन् ।
स्वदेशी प्रविधिलाई प्रोत्साहन गर्नु मात्र आफ्नो उद्देश्य रहेको समेत सरकारी अधिकारीले स्पष्ट पारेका छन् । पछिल्लो समयमा टेलिकम्युनिकेशनसँग सम्बन्धित गतिविधिहरुबाट विदेशमा ठूलो रकम जाने गरेको र उक्त रकमबाट देशलाई कुनै फाइदा समेत नपुगेको बताउदै एकै प्रकारका सेवा दिने स्वदेशी कम्पनीहरुले सरकारलाई कर तिरेका तर विदेशीहरुले नतिरेका कारण सरकारले नयाँ कानुन मार्फत दुबैलाई बराबर बनाउन लागेको बताएका छन् ।
सरकारी अधिकारीले सरकारको यो कदमबारे अन्तराष्ट्रिय समुदायसँग सकारात्मक राय सुझाव तथा सल्लाह समेत मागेका छन् ।हटपाटी