दक्षिण कोरियाली प्रख्यात अटोमोबाईल कम्पनी हुण्डाईले आफ्नो पहिलो हाइड्रोजन इन्धन सेलयुक्त इञजिनको बिक्री सुरु गर्यो !

कोरिया आज

सिओल

दक्षिण कोरियाली प्रख्यात अटोमोबाईल कम्पनी हुण्डाईले आफ्नो पहिलो हाइड्रोजन इन्धन सेलयुक्त इञजिनको बिक्री सुरु गरेको छ ।

स्वीजरल्याण्डको जी आर जेड कम्पनीलाई अटोमोबाइल बाहेकका क्षेत्रमा प्रयोग गर्न पाउने गरि उक्त सेल बिक्री गरिएको ब्यापार मन्त्रालयलबताएको छ ।

राष्ट्रपति मुन जाइ इनले हाइड्रोजन ग्यासको उपयोगीतालाई बढाउन गरेको आह्वानसँगै हाल दक्षिण कोरियाली कम्पनिहरु कार , पानी जाहाज तथा स्टील उद्योगहरुमा हाइड्रोजन इन्धनको प्रयोगमा जुटेका छन् ।

सरकारको बिशेष प्रविधि अन्तरगत रहेको उक्त हाइड्रोजन इन्धन युक्त प्रविधि सरकारकै स्विकृतिमा बिक्री सुरु गरिएको हो । सन् २०२२ बाट मास उत्पादन सुरु गरिने उक्त इञ्जिन हाल भने सवारीसाधन बाहेकका क्षेत्रमा प्रयोग गरिने छ ।

हाल कम्पनिका प्रतिनिधीहरु उक्त इञ्जिनमा कसरि अधिक इन्धन भर्न सकिन्छ भन्ने बारेमा अध्ययन गरिरहेको समेत सरकारी अधिकारीले बताएका छन् ।

घुण्डाईले आगामी २०३० सम्ममा यात्रु बाहक तथा अटोमोबाइल बाहेकका क्षेत्रमा प्रयोग हुने ७ लाख बढी इञ्जिन उत्पादन गर्ने बताएको छ । रेल , ड्रोन आदि क्षेत्रमा समेत उक्त इञ्जिनको प्रयोग गरिने कम्पनिले बताएको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *