कोरियाबाट इपिएस श्रमिक लिएर काठमाडौं अवतरण गर्यो एसियाना बिमान ,अबको उडान २९ मा

कोरिया जानाकारी

सिओल

दक्षिण कोरिया बाट एसियाना एयरले पहिलो पटक ९२ जना यात्रु बोकेर नेपालको त्रिभुवन बिमानस्थलमा अवतरण गरेको छ l

यहि सेक्टेम्बर २० तारिख दक्षिण कोरिया बाट संचालित नेपाल टुर्स एण्ड ट्राभल्स , लिंक एसिया लगाएतका केहि ट्राभल कम्पनीहरुको सहयोगमा कोरियामा भिसा अबधि सकिएर अलपत्र परेका नेपालीहरुलाइ लिएर इन्छन काठमाडांै सिधा उडान भरेको हो l

त्यसैगरी अब अर्को उडानको निमित्त आगामी २९ तारिख तालिका तय भैसकेकोले कोरियाबाट नेपाल फर्किन चाहनुहुने दाजुभाइदिदीहरुले टिकट बुकिंग गर्नुहुन नेपाल टुर्स कम्पनीका प्रोप्राइटर के पी सिटौलाले सबैलाई अनुरोध गर्नु भएको छ l

सिटौलाले हेल्लो नेपाल संगको कुराकानीमा भन्नुहुन्छ “बजार प्रतिस्पर्धि र सेवाग्राही हुनुपर्छ अनिमात्र हाम्रो पर्यटन प्रबर्धन अभियान सफल हुन्छ भन्ने कुरामा म बिस्वास राख्दछु। यो उडानले बार्षिक ४० हजारको हाराहारिमा नेपाल घुम्न जाने कोरियन र भावी कोरियन पर्यटक का साथै झन्डै ४५ हजारको को संख्यामा हाल कोरियामा बिभिन्न पेसामा कर्म गर्दै आउनु भएका नेपालिहरुका लागि पनि कोरियन एयरको एकाधिकारलाई तोडेर केहि सहुलियत रुपमा नेपाल आउन जानको लागि आसा जगाएको छ।

बार्षिक २० लाख पर्यटक भित्राउने सरकारको महत्वाकांक्षी योजनालाई उर्जाको रुपमा कोसेढुंङा बन्न सकोस यो ऐतिहासिक उडान। प्राचिन तिन राज्य सत्ताको इतिहासमा ९०%बुद्दिष्ट अनुयाईहरु भएको देश हो कोरिया। निकट भबिस्यमा संचालन हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध एयर्पोर्टमा प्रत्यक्ष उडान भर्ने महत्वाकांक्षा बोकेको यो अभियानमा यहांहरु सबैको माया, सहयोग सल्लाह र सुझावले हामिलाई ठुलो हौसलाका साथै मार्ग निर्देश गर्ने छ l

प्रतक्ष्य र परोक्ष रुपमा उडान अनुमतिका लागि हामिलाई साथ दिनुहुने पर्यटन क्षेत्रका अग्रज ब्यक्तित्वहरु, नेपाल सरकारका बिभिन्न मन्त्रालयका अधिकारिहरु, कोरियाकालागि निबर्तमान कुट्नितिग्यहरु, नेपालि दूतावास सउल अनि कोरियाबाशि नेपालि जनसमुदाय र सुभचिन्तकहरु र बिशेसगरि हामिलाई बिस्वास गरेर यो अभियानको मुख्य नायक एसियाना एयरलाइन्स प्रति नेपाल पर्यटन बोर्ड कोरिया मानार्थदुतको हैसियतले हृदय देखिनै आभार र धन्यवाद ब्यक्त गर्दछु।

क्षणिक र ब्यक्तिगत लाभ भन्दा पनि एक सचेत नागरिकले देश र जनतालाई सघाउन सक्ने बिसयमा सकारात्मक सोचले सबै आफ्नो ठाउँ बाट सक्दो सहयोग गरौं, हौसला दिउं यसैमा हामि सबैको भलाई हुनेछ भन्ने कुरामा म दृढ छु र ब्याबहारमा उतार्न हरदम प्रयास गर्ने गरि रहने छु। “हेल्लो नेपाल कोरिया डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *