कोरियाले इपिएस नियममा सुधार ल्याउदै , अब कम्पनि परिबर्तन गरेपनि कमिटेड आउन पाउने

कोरिया जानाकारी

किशन गौतम

दक्षिण कोरिया सरकारले इपिएस कानुनमा केहि परिबर्तन ल्याउने तयारि गरेको छ l

जसानुसार कार्यस्थल परिबर्तन गरेको इपिएसको श्रमिकले पनि आफुले पहिला छाडेको कामकै क्षेत्रमा (जस्तै फलाम कम्पनि बाट फलाम ) नयाँ काम लागेको खण्डमा तोकिएका बिभिन्न सर्त हरु जस्तै भाषाको दक्षता , कामको दक्षता आदि पुरा गरि कमिटेड श्रमिकको रुपमा आउन पाउने पाउने छन् l

तर उक्त श्रमिकले अर्को कम्पनीमा कम्तिमा पनि १ बर्ष काम गरेको हुनु पर्नेछ lत्यस्तै कम्पनीमा यौन दुर्ब्याबाहारमा परि कार्यस्थल परिबर्तन गरेको श्रमिकले अर्को कम्पनीमा १ बर्ष नपुगेतापानी सम्बन्धित निकायको सिफारिसमा पुनः प्रतिबद्व श्रमिकको रुपमा आउन पाउने कानुन समेत संसोधन गर्ने तयारि गरेको छ l

त्यसैगरी एउटै कम्पनिमा लगातार ४ बर्ष १० महिना काम गरेर फर्केर पुन कमिटेड श्रमिकको रुपमा त्यहि कम्पनिमा आउनकोलागि ३ महिना पछि मात्र आउन पाउने हालको ब्यबस्था लाई १ महिनामा आउन पाउने गरि कानुन संसोधनको तयारि गरेको छ l

हाल उक्त कानुन संसोधनको निमित्त श्रम मन्त्रलयले ससदमा पठाएको छ l संसद बाट कानुन पास भएपछी कोरियामा कार्यरत लाखौ प्रवासी श्रमिकहरु लाभान्वित हुने देखिन्छ l

कोरियामा हाल सम्म कम्पनीको कारण बाहेक कार्यस्थल परिबर्तन गरेमा ४० बर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनःकमिटेड श्रमिकको रुपमा आउन नपाउने नियम छ l

आगामिदीनमा बिनाशर्त स्वइच्छाले कर्यस्तल कर्यस्तल परिबर्तन गर्न पाउनुपर्ने कानुन बनाउन सबै प्रवासी श्रमिकहरु एकजुट हुनु आबस्यक भएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइ बताउनुहुन्छ l

उहाँ भन्नु हुन्छ “मजदुर युनियनको संघर्ष बाटै सबै नियम परिबर्तन भएका छन् र हुने पनि छन् l”हेल्लो नेपाल कोरिया डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *