हिजो दुवई ट्रान्जिट हुँदै कोरिया आएका एक नेपालीमा कोरोना सङ्क्रमण पुस्टी !

कोरिया आज

सिओल

दुवई ट्राञ्जिट हुँदै शनिवार दक्षिण कोरिया फर्केका एक नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल विदामा गई कोरिया फर्किन नपाएका मध्ये ६३ जनालाई कोरियाको केएमई ट्राभल कम्पनीले समन्वय गरेर शनिवार कोरिया ल्याएको थियो ।

नेपालमा पिसिआर रिपोर्ट नेगेटिभ देखिएपनि कोरियाको ईञ्छन विमानस्थलमा आई परिक्षण गराउँदा संक्रमण पुष्टि भएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए ।
शनिवार पुष्टि भएका संक्रमित सँगै कोरियामा कोरोना संक्रमित नेपालीको संख्या ८ पुगेको छ ।

कोरियामा संक्रमित ८ नेपाली मध्ये ५ जना नेपालबाट यहाँ आएको १४ दिन भित्र संक्रमण पुष्टि हुनेहरु रहेका छन् ।उनिहरुले संक्रमण निको नहुँदा सम्म सम्पुर्ण उपचार शुल्क आफैले तिर्नुपर्ने बताईएको छ ।

कोरिया सरकारले गत महिना ल्याएको नयाँ नियमानुसार विदेशबाट आउने विदेशीलाई यहाँ आएको १४ दिन भित्र संक्रमण पुष्टि भएको खण्डमा सम्पुर्ण उपचार खर्च विरामी स्वयमले तिनुपर्ने उल्लेख छ ।

केएमईका सञ्चालक विनोद कुँवरले आफुहरुले सम्बन्धित अस्पतालमा पिसिआर परीक्षण गर्न आग्रह गर्दा सिण्डिकेट लादेको आरोप लाग्ने गरेका कारण यात्रुहरुले आफुखुसी अस्पतालमा पिसिआर परीक्षण गराएका कारण समस्या परेको दाबी गरे ।

शनिवार आउने संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबै यात्रुलाई थप निगरानीमा राख्न अनुरोध गरिएको कुँवरले बताए ।कोरियामा नयाँ आउने विदेशी कोरोना संक्रमितले उपचारमा चर्को शुल्क तिर्नुपर्ने भएकाले आगामी दिनमा यहाँ आउने तयारीमा रहेका नेपालीलाई नेपालबाट नै कोरोना विमा गराई कोरिया ल्याउन पहल थालिएको कुँवरको भनाई छ ।

दुवई ट्राञ्जिट भएर नै आईतवार थप ३२ जना नेपाली कोरिया आउँदै छन् ।यस अघि शुक्रवार कोरिया आउने तयारीमा रहेका २ जना नेपालीमा कोरोना संक्रमण देखिएपछि त्रिभुवन विमानस्थलबाट नै फिर्ता गरिएको थियो ।खबर पेपरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *