सोल
दक्षिण कोरियाको राजधानी सोल विश्व अर्थतन्त्र केन्द्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको छ ।
गत बर्ष १०८ आर्थिक केन्द्र रहेका शहरहरु मध्ये ३३ औँ शहरको रुपमा रहेको राजधानी सोल यस बर्ष कोरोना संक्रमणका बावजुत ११० मुख्य शहरहरु मध्ये २५ औँ शहरका रुपमा आफूलाई उकाल्न सफल भएको छ ।
बेलायतको प्रसिद्ध थिङ्क ट्याङ्क जेड/येनले सार्वजनिक गरेको आर्थिक केन्द्र अनुसुचीमा राजधानी सोलको स्थिति पहिले भन्दा सुधारिएको पाइएको हो । जेड/येनले बर्षमा दुइ पटक उक्त सुची सार्वजनिक गर्दछ ।
उक्त अनुसुचीमा ब्यापारिक वातावरण, मानव श्रोत, भौतिक पुर्वाधार, आर्थिक विकास लगायत अन्य विविध विषयलाई आधार मानेर प्रतिवेदन तयार गरिन्छ । जेड/येनका प्रमुख माईक वार्डलले सोल विश्व विविधिकरणको शहर रहेको प्रतिक्रिया दिएका छन् ।
उक्त सुचीको पहिलो स्थानमा अमेरिकी शहर न्यु योर्क रहेको छ भने दोश्रो, तेश्रो स्थानमख क्रमश लण्डन र साङ्घाई रहेका छन् । टोकियो, हङकङ, सिङ्गापुर, बेजिङ तथा सेञ्जेन उत्कृष्ठ आर्थिक शहरको सुचीमा उत्कृष्ठ १० भित्र रहेका छन् ।हटपाटीबाट