भिसा लागेका ९६१ युवा कोरिया जान पाएनन्

कोरिया आज

सिओल

कोरोना संक्रमणका कारण यो वर्षको ९ महिनामा १ हजार २७ युवा इपिएस मार्फत कोरिया गएको देखिन्छ ।

कोरोना संकटका कारण श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ युवा कोरिया जान पाएनन् ।

नेपालमा कोरोना संक्रमण बढदै गएपछि भिसा लागेका ७५८‘कमिटेड’ श्रमिक र नयाँ गरी ९६१ कोरिया जान नपाएका हुन ।

कोरोना संकट शुरु भएयता १ हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरेका थिए ।

यसरी श्रम सम्झौता गरेका मध्ये भिसा नै लागेर जान नपाएका श्रमिक आधा भन्दा बढी छन । भिसा लागेका मध्ये धेरै जसो कमिटेड वर्कर (सर्मपित श्रमिक) रहेका छन ।कमिटेड वर्कर भनेको यस अघि कोरियामा काम गरेर पुनः रोजगारदाताले माग गरेका श्रमिक हुन ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले कोरियामा ५ वर्ष काम गरेर पुनः नेपाल आएर जान लागेका ९६१ युवाको भिसा म्याद पनि समाप्त हुन लागेको जनाएको छ । शाखाले यिनीहरुको भिसा म्याद नोभेम्बरको दोस्रोसाता सम्म मात्र रहेको जनाएको छ ।

९६१ मध्ये कोरियामा काम गरेर फर्केका कमिटेड वर्कर (सर्मपित श्रमिक) ७५८ भिसा लागेर पनि कोरोना संकटका कारण कोरिया जान नपाएको शाखाले जनाएको छ ।

शाखाका निर्देशक ईन्द्र गौतमले भिसा लागेका श्रमिकलाई कोरियाले लैजान चाहेको भएपनि दुबै देश पर्ख र हेरको स्थितीमा रहेको बताए।

कोरिया जाने उडान नियमित भएपनि इपिएसका श्रमिक पठाउने र बोलाउने अवस्थामा दुबै देश नरहेको देखिन्छ।

रोजगारदाताले श्रम सम्झौता रद्ध नगरेको अवस्थासम्म म्याद समाप्त भएको युवाको भिसा अवधी थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।
कोरियामा कोरोना संक्रमण नियन्त्रणउन्मुख भएपनि नेपालको अवस्था अध्ययन गरेर कोरियाले तत्कालका लागि नेपाली कामदारलाई प्रवेश नदिएको शाखाको भनाई छ।

कोरोना संक्रमणका कारण यो वर्षको ९ महिनामा १ हजार २७ युवा इपिएस मार्फत कोरिया गएको देखिन्छ । सन २०१९ मा कोरिया जानेको संख्या ७ हजार भन्दा बढी रहेको थियो । हालसम्म ६६ हजार ८७२ नेपाली इपिएस मार्पmत रोजगारीका लागि कोरिया गईसकेका छन । उकेरा न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *