कोरियन मोटर निर्माता कम्पनी हुन्डाई मोटर्सले मध्यपूर्वमा हाइड्रोजन उर्जा ब्यापार बढाउदै

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली प्रसिद्ध मोटर उत्पादक कम्पनि हुण्डाइले मध्यपूर्वमा नेक्सो फ्युल सेलयुक्त विद्युतीय सवारीसाधन सहित आफ्नो नयाँ कारोबार सुरु गरेको छ ।

आफ्नो कम्पनिले विद्युतीय बस सहितको नयाँ सेवा साउदी अरबबाट सुरु गरेको बताएको छ ।कम्पनिका अनुसार हालका लागि उल्सानबाट २ वटा विद्युतीय बस तथा दुई नेक्सो फ्युल सेलबाट चल्ने सवारीसाधन साउदी तर्फ पठाइसकिएको छ ।

साउदीका तेल ब्यवसायीले स्थानिय पाइलट प्रोजेक्टका रुपमा ति सवारी साधनहरुको प्रयोग गर्ने कम्पनिले बताएको छ ।साउदी अरबमा सन् २०१९ मा भएको सम्झौता अनुरुप उक्त सवारीसाधन त्यता पठाइएको कम्पनिले बताएको छ ।

कम्पनिका अनुसार दुबै देशले हाइड्रोजन इन्धन उत्सर्जनमा सहकार्य गर्ने सम्झौता गरेका छन् । उक्त सम्झौता दक्षिण कोरियाली कम्पनि हुण्डाइ तथा साउदी अरबको कम्पनि आराम्को बीच भएको हो ।

सन् २०१८ मा हाइड्रोजन सेलयुक्त सवारीसाधन निर्माण सुरु गरे यता दक्षिण कोरियाले १०,६९८ वटा नेक्सोस सवारीसाधन विक्री गरिसकेको छ ।

कम्पनिका अनुसार ८,९०८ वटा स्वदेशी बजारमा बिक्री गरिएको छ भने १,७९० वटा देश बाहिर बिक्री गरिएको छ ।Hotpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *