क्वारेन्टाइन नियम पालना नगरेको आरोपमा उत्तर कोरियाली जासुस प्रमुखको घटुवा

कोरिया आज

सोल

उत्तर कोरियाली सरकारले आफ्ना जासुस विभागका प्रमूखलाई कोरोना नियम पालना नगरेको आरोपमा घटुवा गरेको छ ।

राष्ट्रिय सुरक्षा मन्त्री जोङ क्योङ थाइकले सरकारको क्यारेन्टाइन नियम नमानेको भन्दै उनको पद घटुवा गरेको हो ।

कोरोना संक्रमणका बेला सिमाना नियन्त्रण गर्न असफल भएको आरोपमा उनलाई सजाय दिइएको हो । समाचारका अनुसार उनलाई चार तारे जेनरलबाट तीन तारे जेनरलमा घटुवा गरिएको हो ।

गत जुलाईमा दक्षिण कोरियाबाट भागेर एक नागरिक उत्तर कोरिया आएको घटनामा जवाफदेयी हुन नसकेको, चीनसँगको सीमा क्षेत्रमा समेत गतिविधिहरु पूर्ण रुपमा नियन्त्रण गर्न नसकेको उनी माथि आरोप लगाइएको छ ।

जुलाई २७ मा मात्र बढुवा भएका उनीलाई उत्तर कोरिया सरकारको नियमित बैठकमा भने सेप्टेम्बर ८ मा मात्र उपस्थित भएका थिए । समाचार अनुसार उनी पहिलो बैठकमा उपस्थित हुँदा नै तारा खोरिसकिएको समाचारमा बताइएको छ ।

उत्तर कोरियाले कोरोना संक्रमण नियन्त्रणका लागि ठूलो कसरत गरिरहेता पनि हाल उत्तर कोरियामा कोरोनाको आशंकामा करिव २०,००० जना क्वारेन्टाइनमा रहेको उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका एक शरणार्थिले बताएको समाचारमा बताइएको छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *