कोरियाली औषधी कम्पनिहरु पनि कोरोना बिरुद्धको खोप निर्माणमा सक्रिय

कोरिया जानाकारी

सोल

दक्षिण कोरियाली औषधी उत्पादकहरु हाल कोरोना विरुद्धको खोप निर्माणमा सक्रिय देखिएका छन् ।

दक्षिण कोरियाली औषधी सुरक्षा विभागका अनुसार कैयौँ औषधि उत्पादक कम्पनिहरुले कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि स्विकृति पाइसकेका छन् ।

देशको प्रमुख औषधी उत्पादक कम्पनि सेल्ट्रियनले प्रारम्भिक चरणको परिक्षण सम्पन्न गरि हाल दोश्रो र तेश्रो चरणको परिक्षण गरिरहेको छ । सीटीपी – ५९ नामक उक्त खोपको पहिलो चरणको परिक्षण ३२ जना स्वस्थ मानिसमा गरिएको र उनीहरुमा कुनै प्रकारको साइड इफेक्ट नदेखिएको कम्पनिले बताएको छ ।

सामान्य तथा जटिल लक्षण सहितका कोरोना संक्रमणका ३०० जनामा दोश्रो चरणको परिक्षण भइरहेको कम्पनिले जनाएको छ । उनीहरुमा गरिएको परिक्षणले औषधीको विश्वसनीयता तथा सुरक्षाबारे थप ढुक्क हुन सकिने कम्पनिले बताएको छ ।

तेश्रो चरणको परिक्षण ७२० जनामा गरिने कम्पनिले जनाएको छ । कम्पनिले परिक्षणका लागि अमेरिका, रोमानिया तथा अन्य ३ वटा देशहरुसँग अनुमति मागेको औषधी सुरक्षा विभागले जनाएको छ ।

अर्को औषधी उत्पादक बायोनियर पनि कोरोना विरुद्धको खोप निर्माणमा जुटेको छ । आगामी बर्षको सुरुबाट परिक्षण सुरु गर्ने कम्पनिले जनाएको छ । आरएनए उपचार पद्दतिबाट उपचार गरिने उक्त औषधी दक्षिण कोरियाले आशा गरेका औषधीहरु मध्ये एक हो ।

एसके बायोसाइन्स कम्पनि पनि कोरोना भाइरस विरुद्धको खोप निर्माणको दौडमा रहेको छ । यही महिनाको सुरुबाट पहिलो चरणको परिक्षण सुरु गर्ने लक्ष लिएको कम्पनिले सरकारबाट अनुदान समेत प्राप्त गरेको छ । कम्पनिले हालै ब्रिटिस-स्विस औषधी निर्माता कम्पनि आष्ट्राजेनेकासँग सहकार्य समेत गर्ने सम्झौता गरेको छ ।

दक्षिण कोरियाली सरकारले कोरोना भाइरस विरुद्धको औषधी निर्माणका लागि औषधी उत्पादक कम्पनिहरुलाई ९२ बिलियन वोन बराबरको साहायता उपलब्ध गराएको छ भने आगामी बर्ष उक्त साहायता रकमलाई बढाएर २६०.४ बिलियन वोन पुर्याउने सरकारी अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियामा हाल १५ वटा औषधी उत्पादक कम्पनिहरु कोरोना भाइरस विरुद्धको खोप उत्पादनको परिक्षण चरणमा पुगिसकेका छन् ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *